• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चिकित्सक भन्छन्– उपचार गर्न हाम्रा हात काँपिरहेका छन्

64x64
समर्पण श्री बुधबार, असोज १०, २०८०  १७:११
1140x725

काठमाडौं– बुधबार मध्य घाममा बबरमहलको सडक सेतो एप्रोन लगाएका चिकित्सकहरूले भरिएको थियो। उनीहरू सडकमा उभिएर आफ्नो सुरक्षाको माग गरिरहेका थिए।

पछिल्लो समय हस्पिटलहरूमा चिकित्सकमाथि निरन्तर आक्रमण र कुटपिट भइरहेका छन्। सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि डा अनिल शाहमाथि कुटपिट भयो। त्यसपछि अशान्त बनेको अस्पतालमा अन्य चिकित्सक पनि आक्रमणकारी र प्रहरीबाट प्रताडित भए। 

प्रहरी निरीक्षक मदन श्रेष्ठले गर्व साथ ‘डाक्टरलाई चुटेर रगतै रगत बनाएँ’ भन्दै भीडलाई उत्तेजित बनाए। सोमबार मात्र हैन, यसअघि पनि लगातार डाक्टर कुटिएको कुराले मेडिकल क्षेत्र र चिकित्सकहरू त्रसित छन्।

अहिले काठमाडौं सँगै चितवन र पोखरा लगायत केही ठाउँमा चिकित्सकहरू आन्दोलित छन्। 

प्रसूतिगृहमा कार्यरत डा सीता ढकाल भर्खरै इमर्जेन्सीको ड्युटी सकाएर आन्दोलनमा आइपुगेकी थिइन्। ड्युटीमा आजकल सीता आफू सुरक्षित भइरहेको पाउँदिनन्।

‘इमर्जेन्सीमा बिरामीका आफन्तले मप्रति गर्ने व्यवहार पहिलाजस्तै सम्मानजन पाइरहेकी छैन। सानो कुरामा ढिला हुँदा पनि हप्काइ खानुपर्छ। केसअनुसार प्राथमिकतामा राखेर उपचारमा लागिरहेका हुन्छौँ। सामान्य अवस्थाका बिरामीका आफन्तबाट काम गर्दागर्दै हप्काइ खानुपर्छ,’ उनी भन्छिन्, ‘ त्यसैले आजकल सेवा गर्ने हाम्रा हात काँपिरहेका छन्। हाम्रो आत्मबल गिरिरहेका छन्।’

बेला बेलामा बिरामीका आफन्तहरूबाट उनले अपमानजनक शब्द सुन्नुपरेको छ। यस्तो घटनाले देशमा केही गरौँ भन्ने उत्साह पनि मर्दै गएको उनी बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

डा सीताका अनुसार उनीसँगै पढेका ९० प्रतिशत साथीहरू अहिले देशबाहिर छन्। देशमै सेवा गर्छु भनेर बसेका आफूहरूको आत्मबल कमजोर भएको अनुभूति उनलाई हुन्छ।

उनी सरकारलाई आग्रह गर्दै भन्छिन्, ‘सरकार आँखा खोल। एकदमै ढिलो भइसक्यो। हाम्रो समाज नेगेटिभ मान्छेहरूले भरिइसक्यो।’

निको भएको छैन कुटिनेको घाउ
डा सुधाकर झा कोभिड महामारी पहिलो चरणमा नेपाल भित्रिँदा विर्तामोडको बिएण्डसी हस्पिटलमा मेडिकल अफिसरका रुपमा कार्यरत थिए। 

त्यतिबेला इमर्जेन्सी गेट अगाडि मास्क नलगाई एक हुल मानिस होहल्ला गरिरहेका थिए। बाहिर हल्ला नगर्न आग्रह गर्दा उनलाई ८/१० जनाले एकैपटक प्रहार गरे। हेलमेटले टाउकोमा हान्ने प्रयत्न गरे। जाथाभावी हान्दा हात र अनुहारमा चोट लाग्यो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यो क्षण सम्झँदा अहिले पनि त्रसित हुन्छन् उनी। ‘शरीरमा लागेको चोट त निको भयो होला। तर मनमा लागेको चोट नराम्रोसँग बिझाइरहन्छ,’ डा सुधाकर भन्छन्।

 अहिले डाक्टरहरूमाथिको कुटपिट दोहोरिरहँदा पेसाप्रति नै निराश भइने उनी बताउँछन्। अहिले सुधाकर वीर अस्पतालको जनरल सर्जन वार्डमा कार्यरत छन्। उनलाई अहिले पनि बिरामीका आफन्तहरूलाई बुझाउन डर लाग्छ। ‘उपचारको बेला होस् वा भिजिटरलाई बुझाउँदा। पहिलाको कुरा फेरि ब्यूँतने हो कि भन्ने डर लागिरहन्छ,’ उनी भन्छन्।

सुरक्षा चाहन्छन् चिकित्सक
डाक्टरहरूको आन्दोलनको प्रमुख माग हो– सुरक्षा। 

नेपाल मेडिकल कलेजमा कार्यरत डा प्रदीप प्रजापति अहिले दण्डहीनताको पराकाष्ठ खेपिरहेको ठान्छन्। 

कतिपय बेला सम्पूर्ण ज्ञान र सीप लगाउँदा पनि बिरामी बचाउन नसकिने उनी स्वीकार्छन्।  ‘तर आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्न खोज्दाखोज्दै कुनै अप्रिय घटना घट्दा जनमानसमा दोषी देखाएर सांघातिक रुपमा हमला गर्ने र  मानसिक तनाब दिने अहिलेको डरलाग्दो अवस्था हो,’ उनी भन्छन्।

यस्तै अवस्था आइरहे बाँकी डाक्टर पनि पलायन हुने अवस्था आउने उनी बताउँछन्। 

काठमाडौं मेडिकल कलेजमा कार्यरत डा सागर काफ्ले डाक्टरहरूले गल्ती गरे कारबाहीका लागि कानुनी प्रावधान भएको बताउँछन्। तर यहाँ ज्यान बचाउन लागिपर्ने डाक्टरले नै कुटाइ खाएर प्रतिकूल वातावरण बनेको उनी बताउँछन्। ‘मान्छे मार्नेलाई चाहिँ सम्मान गर्ने। तर मर्न लागेको मान्छे जोगाउने डाक्टरलाई चाहिँ कुटपिट गर्ने?’ उनको गुनासो छ।

 सागरले डाक्टरहरूको आन्दोलनलाई ‘ह्वाइट कोट रेभोलुसन’को रुपमा अगाडि बढाउनुपर्ने समेत बताए।

‘हस्पिटल शान्ति क्षेत्र हो। यहाँ हुल हुज्जत गर्न मिल्दैन। हाम्रो अहिलेको माग भनेकै यदि कसैले स्वास्थ्यकर्मीमाथि हातपात गर्छ भने उसलाई जेल चलान हुनुपर्छ। नयाँ ऐन अनुसारको कारबाही हुनुपर्छ। र हामीले निर्धक्क उपचार गर्न पाउनुपर्छ,’ उनी भन्छन्। 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्