काठमाडौं– यँया (इन्द्रजात्रा) अवलोकनका लागि चीनको नान्जिन नगरका उप–प्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ। सोमबार बेलुका टोली काठमाडौं आइपुगेको हो।
टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उप–महानिर्देशक झ्याङ् बिन, पर्यावरण र वातावरण ब्यूरोका उप–महानिर्देशक याङ् लिन्फु र सचिवालयका उप–प्रमुख वाङ् रुइरुई रहेका छन्।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।