• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपालमा कृषि यन्त्रको प्रयोग बढ्यो, सबैको पहुँचमा नहुँदा उत्पादनमा आत्मनिर्भर बन्न सकेन

64x64
कल्पना घिमिरे बुधबार, असोज १०, २०८०  ११:२१
1140x725

काठमाडौं– कृषि गणना २०६८ (अघिल्लो) तथ्यांकअनुसार २२ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यमा ट्याक्टर प्रयोग गरेका थिए। २०७८ को गणनामा यस्ता कृषक परिवार झन्डै दोब्बर भएर ४० प्रतिशत पुगेका छन्।

जसअनुसार नेपालमा कृषिमा यान्त्रिकरण बढ्दै गएको देखिन्छ। तर कृषिजन्य वस्तुमा देश आत्मनिर्भर हुन नसकेको कृषि गणनाको तथ्यांकले बताउँछ। ४१ लाख ३१ हजार घरपरिवार कृषिमा आबद्ध छन्। २२ लाख १८ हजार हेक्टर क्षेत्रफलमा खेती हुन्छ। जसमध्ये ६९ प्रतिशतले आफ्नो घरायसी प्रयोजनका लागि मात्रै कृषि गरिरहेका छन्। बिक्रीका लागि उत्पादन गर्ने कृषक १ प्रतिशत मात्रै छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक श्रीमद श्रेष्ठले अहिलेको कृषि गणनाअनुसार कृषि उपकरण उपयोग गर्ने कृषकको संख्या बढे पनि सबैको पहुँचमा पुग्न नसकेको बताए। कृषिमा यान्त्रिकरण प्रवर्दन नीति ल्याइएको भए पनि नीति अनुसार काम गर्न नसक्दा सबैको पहुँचमा कृषि यन्त्र पुग्न नसकेको उनको भनाइ छ।

नेपालमा प्रयोग भएका उपकरणको गुणस्तरमासमेत समस्या देखिँदा मर्मत गर्न पनि कठिन छ। उपकरण सिधै बाहिरबाट ल्याउँदा सस्तो पर्ने तर नेपालमा त्यसका पार्टपुर्जा नपाइने र आयात गर्दा चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ। 

‘उपकरणका पार्टपुर्जा ल्याउँदा महंगो भ्याट तिरेर ल्याउनुपर्छ। तर उपकरण नै ल्याए भ्याट लाग्दैन। कहाँ ४० प्रतिशत कहाँ १ प्रतिशत यो आकाश पातालको फरक छ,’ उनले भने, ‘नेपालमा उत्पादन हुने उपकरणहरु महंगो पर्छ। बाहिरबाट ल्याइएका उपकरण सस्तो पर्छ। सरकारले यस्तो नीति परिवर्तन गर्नु पर्छ र स्वदेशी उत्पादन उपकरणको प्रयोगलाई जोड दिनुपर्छ,’ उनले भने।

७ लाखले उपयोग गर्छन् फलामे हलो 
०७८ को कृषिगणना ७ लाख  ३ हजार अर्थात् १७ प्रतिशत कृषकले आधुनिक फलामे हलो प्रयोग गर्छन्। हलोको संख्या ५ लाख १० हजार रहेको छ। अघिल्लो कृषि गणनाअनुसार १० लाख ७३ हजार वा २९ प्रतिशत कृषकले आधुनिक फलामे हलो प्रयोग गरेका थिए। त्यतिबेला हलोको संख्या ८ लाख ५६ हजार थियो।

अघिल्लो कृषि गणनाअनुसार ८ लाख ४५ हजार कृषक परिवारले आफ्नो कृषि कार्यमा ट्याक्टर प्रयोग गरेका थिए। २०७८ को गणनामा यस्ता कृषक परिवार झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेका छन्। अघिल्लो गणनाअनुसार कृषक परिवारसँग भएको ट्याक्टरको संख्या ३७ हजार थियो। कृषि गणना ०७८ मा बढेर ५८ हजार पुगेको देखाएको छ।

कृषि गणना ०७८ अनुसार नेपालभर जम्मा ४ लाख ७१ हजार (११ प्रतिशत) कृषक परिवारले पावर ट्रेलरको प्रयोग गरेका छन्। गणनाको दिनमा  पावर ट्रेलर/मिनी ट्रेलर संख्या एक लाख १८ हजार छ। अघिल्लो कृषि गणनामा नेपालभर जम्मा ७६ हजार वा २ प्रतिशतमात्रै थिए भने प्रयोग गर्ने घर परिवारको संख्या १० हजारमात्रै रहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

थ्रेसर उपयोग गर्ने बढे
अघिल्लो कृषि गणनामा थ्रेसर प्रयोग गर्ने कृषक परिवार ८ लाख ३ हजार थिए। कृषकसँग यस्ता औजार ५२ हजार वटा थिए। कृषिगणना ०७८ अनुसार उक्त औजार प्रयोग गर्ने कृषक परिवार ११ लाख ७५ हजार पुगेका छन्। यी थ्रेसरको संख्या १ लाख १५ हजार पुगेको छ।

०७८ को कृषि गणनाअनुसार ९१ हजार कृषक परिवारले पम्पिङ सेट मोटर र ११ लाख ५१ हजार कृषकले स्प्रेयर प्रयोग गरेका छन्। यी परिवारसँग करिब ४ लाख पम्पिङ सेट र ७ लाअ ७० हजार स्प्रेयर रहेका छन्। अघिल्लो गणनाअनुसार ५  लाख ४८ हजार कृषक परिवारले पम्पिङसेट र ५ लाख ७४ हजारले स्प्रेयर प्रयोग गरेका थिए। सो गणनामा यस्ता औजार कृषकसँग १ लाख ५० हजार पम्पिङ सेट र २ लाख ८२ हजार स्प्रेयर रहेको थियो।

०७८ को गणना अनुसार ३० हजार कृषकले दूध दुहुने मेसिन प्रयोग गर्छन् र यस्ता मेशिन ३ हजार ४ सय छन्। पछिल्लो अध्ययन अनुसार कृषिमा यन्त्रको प्रयोग बढ्दो छ। तर पनि कृषि क्षेत्रको अवस्था झन खस्किँदो रहेको राष्ट्रिय कृषि मेशिनरी परीक्षण तथा अनुसन्धान केन्द्रका प्रतिनिधि रामनाथ झा बताउँछन्।

‘कृषिमा सबैभन्दा बढी जनसंख्या आबद्ध छन्। तर कृषिजन्य वस्तु आयात गर्नुपरेको छ। सबै किसानको पहुँचमा यन्त्र पुगिसकेको छैन। किसानले समयमा मल नै पाउँदैन। जबसम्म कृषिमा यान्त्रिकरण हुँदैन तबसम्म कृषिमा आत्मनिर्भर हुन सकिँदैन,’ उनले भने।

नेपालको कृषिलाई आधुनिक प्रणालीमा लैजान कृषि औजार आवश्यक रहेको उनले बताए। यस्तै उनले कृषिक्षेत्रको विकासका लागि गुणस्तरीय कृषि उपकरणको प्रयोगमा जोड दिनुपर्ने बताए।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्