काठमाडौं– काठमाडौं महानगरको नेतृत्वलाई चुनावी वाचा सम्झाउँदै नागरिक जवाफदेहिताको मागसहित आन्दोलनमा रहेका अभियन्ता ई:लाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भेटेकी छन्।
डंगोलले मंगलबार बिहान ई: को अनसनस्थल राष्ट्रिय सभागृह अगाडि गएर उनलाई भेटेकी हुन्। भेटका क्रममा उपमेयर डंगोलले आफूहरुको मागबारे चासो व्यक्त गरेकी ई:ले उल्लेख गरेका छन्।
उपमेयर डंगोलले कल्याणकारी शासनका लागि प्रतिबद्धता व्यक्त गरेको तथा सडक (फुटपाथ)मा व्यवसाय सञ्चालन गर्नेहरुका लागि वैकल्पिक व्यवस्थासहितको नीति बनाउन सक्दो प्रयास गर्ने बताएको पनि ई:ले उल्लेख गरेका छन्।
ई:ले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर डंगोललाई आफ्ना चुनावी वाचा पूरा गर्न ‘नागरिक जवाफदेहिता’को माग गर्दै १९९ घण्टासम्म उभिने विरोध कार्यक्रम सुरु गरेका थिए। ई:ले उभिएर विरोध सुरु गरेको १६५ घण्टापछि उपमेयर डंगोलले भेटेर उनका मागबारे चासो व्यक्त गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।