काठमाडौँ- मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगिता खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ।
एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा सीमित रह्यो। नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो। नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।
उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए। हङकङ एसिया कपका लागि छनोट भएको छ। फाइनल खेलमा युएईलाई दुई विकेटले पराजित गर्दै हङकङ एसिया कपका लागि छानिएको हो ।
एसिया कप भदौ २८ देखि असोज १२ गतेसम्म युएईमा हुँदैछ। जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।