काठमाडौं– पहिलो संस्करणको तारकेश्वर मेयर कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि डेबिड थापामगर र विवेक चौधरीको जोडीले जितेको छ।
आइतबार सम्पन्न प्रतियोगितामा ससिन डंगोल र सुमन शाक्यको जोडीलाई हराउँदै थापा मगर र चौधरीको जोडीले उपाधि जितेको हो। त्यस्तै अनिल मल्ल र नरेन्द्र बमको जोडी तेस्रो भयो।
दुई वर्गमा विभाजन गराएर खेलाइएको प्रतियोगितामा ‘बी’ वर्गतर्फको पहिलो हुने जोडीले ५० हजार रुपैयाँ पाउँदा दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार प्राप्त गरे।
धर्मस्थली ब्याटमिन्टन एसोसियनसनले आयोजना गरेको प्रतियोगितामा दुई वर्गमा १०३ जना खेलाडीले सहभागिता जनाएका थिए।
त्यस्तै ‘सी’ वर्गतर्फ टंकप्रसाद जुग्जाली र प्रवेश मगरको जोडी प्रथम भयो। लोक लामा र कुमार विकको जोडी दोस्रो हुँदा लक्ष्मण सुनुवार र प्रविन सुनुवारको जोडी तेस्रो भयो।
‘सी’ वर्गतर्फ प्रथम हुनेले ३० हजार प्राप्त गर्दा दोस्रो हुनेले १५ हजार र तेस्रो हुने जोडीले १० हजार प्राप्त गरे। प्रतियोगिता आठ दिनसम्म चलेको थियो। प्रतियोगिताको समापन गर्दै तारकेश्वर नगरपालिकाका मयेर श्रीकृष्ण महर्जनले यस्तो प्रतियोयगिता आगामी दिनमा पनि गर्ने बताएका छन्।
यता धर्मस्थली ब्याटमिन्टनका अध्यक्ष विजय श्रेष्ठले यस्तो खाले प्रतियोगिता आयोजना गर्ने मौका दिएकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरे। प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल एस.बि, आई बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका थिए। सह प्रायोजकमा कृषि विकास बैंक रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।