पोखरा- कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले अहिले बाँझो रहेको जमिनमा धान खेती गरे ६० लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताएका छन्। नेपाल कृषि मेसिनरी व्यवसायी संघको आठौँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले बाँझो जग्गामा मात्रै धानखेती गरे पनि नेपालले धान आयात गर्नु नपर्ने बताएका छन्।
'नेपालको कुल कृषियोग्य जमिनमध्ये एकतिहाइ कृषियोग्य जमिन अर्थात् १० लाख ३० हजार जमिन बाँझो छ। यो जमिनमा धान मात्रै लगाउने हो भने ६० लाख मेट्रिक टन धान उत्पादन गर्न सक्छौँ। यति धानले नेपालीलाई पुग्छ। आयात गर्नु पर्दैन,' उनले भने।
कृषि अर्थतन्त्रको मेरुदण्ड भए तापनि कृषिमा समस्या रहेको उल्लेख गरे। तर सम्भावनाहरु धेरै रहेको उनको भनाइ छ। कृषिमा यान्त्रीकरण प्रमुख समस्या भएको उनले बताए। कृषिको विकासका लागि यान्त्रीकरणको आवश्यकता रहेको बताए। 'तर सबैभन्दा मुल समस्या सिँचाइ हो। सबै खेतीयोग्य जमिनमा सिँचाइ विस्तार गर्न सके कृषिको मुख्य समस्याको अन्त्य हुनेथ्यो,' उनले भने।
यस्तै यस पटक रासायनिक मलको हाहाकार नभएको उनले बताए। विश्व रासायनिक मलको विस्थापनमा जाँदै गरेकाले नेपालमा पनि रासायनिक मल विस्थापन गरेर प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।