काठमाडौं– नेपाली सेनाका सहायक रथी यबहादुर अधिकारीको पदावधि थप भएको छ। नेपाली सेनाको विशेष पदमा कार्यरत रहेका अधिकारीको पदावधि तीन वर्ष थप भएको हो।
सहायक रथी अधिकारीको चार वर्षे पदावधि भदौ ३१ गते सकिँदै थियो। तर मन्त्रिपरिषद् बैठकले तीन वर्ष थप गर्दै सेवा अवधिलाई निरन्तरता दिएको हो।
माओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजना हुँदा अधिकारी जनमुक्ति सेनाको तर्फबाट सेनामा समायोजन भएका थिए। अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सकारले सैनिक नियमावली अनुसार उनको पदावधि थप गर्दै सेवालाई निरन्तरता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।