• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश सरकार: एमाले र एसबीच तोडिएको मौनताले बहुमत पुग्ला?

64x64
ईश्वर बराल बिहीबार, असोज ४, २०८०  १०:२४
1140x725
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की (फाइल तस्बिर)

काठमाडौं– कोशी प्रदेश संसद्‌मा रोचक संवाद चल्ने गर्छ, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच। जसको मजबुन हुन्थ्यो एक अर्कालाई निषेध गरेको भन्ने। साबिक एमालेका नेताहरु २०७८ भाद्रमा पार्टी विभाजन भएर फरक–फरक कित्तामा पुगेपछि घोचपेच चलिरहने गर्छ। जसको पछिल्लो प्रकरण हेर्नलाई असार १४ को ‘संसद्‌ डायरी’ पल्टाए हुन्छ। 

उक्त दिन तत्कालीन मुख्यमन्त्री (हालका पनि) तथा एमाले नेता हिक्मत कार्कीले संसद्‌मा विश्वासको मत मागे, तर आफ्नो सम्बोधनको क्रममा एकीकृत समाजवादीको नामै उच्चारण गरेनन्। कार्कीको प्रस्तावको पक्ष–विपक्षमा बोल्ने क्रममा पोडियममा पुगेका एकीकृत समाजावादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले व्यांग्यत्मक पाराले कार्कीलाई जवाफ फर्काए र भने, ‘बिन्ती त गर्नु जुँगामा ताउ लगाउँदै भनेजस्तो। बिन्ती त अलिकती अनुनय विनयको तरिकाले गरिन्छ। तर जुँगामा ताउ लगाउँदै चाहिँ बिन्ती कहिले पनि गरिँदैन विश्वासको मत माग्नुहुन्छ मुख्यमन्त्री ज्यूले, अरुलाई दोषारोपण गर्दै।...त्यसो भएपछि स्वत दिउँदिउँ लागेको छ भने पनि यो कुरा सुनेपछि नदिउँ नदिउँ लागेको छ।’

तर अब परिस्थिती फेरिने संकेत देखिएको छ। यी दुई पार्टीबीच पछिल्ला दिनहरुमा भेटघाट तथा छलफल बाक्लिएको छ। जसको कारण भने उही सत्ता नै रहेको छ। पात्र पनि उही, तर परिस्थिती भने नयाँ बनेको बताउँछन् एमाले कोशीको एक प्रभावशाली नेता। 

२०८० भाद्र २१ मा सर्वोच्चको एक फैसालाद्वारा भाद्र २२ गते मुख्यमन्त्री बनेका हिक्मत कार्कीले आफूलाई बहुमत पुष्टि गर्ने समय अब करिब १६ दिन बाँकी छ। उनी नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन्। त्यसअघि मुख्यमन्त्री भएका कांग्रेसका उद्धव थापाको नियुक्ति प्रक्रियालाई सर्वोच्चले असंवैधानिक ठहर गरेको थियो। 

यही सेरोफेरोमा एमालेले एकीकृत समाजवादीसँग संवाद अघि बढाएको हो। आइतबार साँझ एमालेका स्थायी कमिटी सदस्य शेरधन राई र एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले सोही विषयमा छलफल गर्दै अहिलेसम्मको मौनतामा पूर्णबिराम लगाएका छन्। 

पूर्व मुख्यमन्त्री समेत रेहका दुवै नेताले प्रदेश सरकारको स्थायित्वको विषयमा छलफल भएको बताएका छन्। त्यसका लागि शेरधनले केही विकल्पहरु सुझाएको, तर कुनै ठोस सहमति नबनेको राजेन्द्र राई बताउँछन्। 

‘उहाँले हामी मिल्नुपर्छ भन्नुभयो। त्यसका लागि सरकारको नेतृत्व आलोपालो गर्ने वा सबै दलको सहमतिमा सरकार बनाउने प्रस्ताव आएका छन्,’ नेपाल लाइभसँग कुरा गर्दै राजेन्द्र राईले भने, ‘कुनै सहमतिमा भने पुग्न सकिएन।’

राजेन्द्र राई आफूले धारा ३ मा बनेको सरकारलाई भने समर्थन गर्न नसकिने, तर धारा ५ को सरकार बने छलफल गर्न सकिन्छ भन्ने जनाएको बताउँछन्। उक्त धाराअनुसार सरकार बने संसद्‌मा उपस्थित जुनसुकै सदस्यले पनि आफूलाई बहुमत पुग्ने भन्दै सरकारको दाबी गर्नसक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकार बनाउने खेलबाट टाढा बस्ने जनाएको राप्रपा बहुमत पुगेको खण्डमा समर्थन गर्ने बताएकोले पनि ४ सांसद रहेको एकीकृत समाजावादीलाई एमालेले फकाउन थालेको हो। आवश्यक ४७ सांसद मध्ये एमालेसँग ३९ (एमालेको ४० भए पनि सभामुखको भूमिकामा रहेकी उपुसभामुख र्सिजना दुनुवार सरकार गठन प्रक्रियामा सहभागी हुन पाउने छैनन्) र राप्रपा पनि आए ६ सांसद थपिने छन्। 

एमालेका सांसद् तथा प्रदेश सरकारका मन्त्री तिलकुमार मेन्याङ्बो भने खुला मन र दिमागले छलफल अघाडि बढाएकोले आफूहरु बहुमत पुर्याउने दाबी गर्छन्। ‘हामीले खुल्ला मन र दिमागले छलफल अघि बढाएका छौँ। हामीलाई विश्वास छ हाम्रो बहुमत जुट्छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने। 

राजेन्द्र र शेरधनको छलफलले तरङ्गित माधव नेपाल 
प्रदेश सरकारका विषयमा आफ्नै पार्टी सचिव एमालेसँग संवादमा गएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने तरिङ्त बनेका छन्। सचिव राई पछिल्लो एक वर्षदेखि पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्। 

सोही कुरालाई लक्षित गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई गठबन्धनबाट निकाल्ने प्रयास भएको टिप्पणी गरेको राजेन्द्र राईनिकट नेताको बुझाई छ। नेपालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ। त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहान्छु। त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवार हो।’ 

कोशी प्रदेशकै नेता समेत रहेका उक्त पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि अध्यक्ष नेपालको कार्यशैलीप्रति पछिल्ला दिनहरुमा असन्तसुष्ट छन्। साथै उनी सो प्रदेशमा सरकार बनाउन वामपन्थीहरु मिल्नु पर्नेमा जोड दिन्छन्।

‘मेरो त जोड वामपन्थीहरु मिल्नुपर्छ भन्ने हो। साथीहरुलाई पनि त्यही सुझाव दिने गरेको छु,’ नेपाल लाइभसँग कुरा गर्दै खनाल भन्छन्,‘एमालेसँग कुरा गर्दैमा आत्तिनु पर्ने छैन। ढिलोचाँढो वामपन्थीहरु एक ठाउँ आउनै पर्छ। त्यसले मात्र स्थिरिता दिन्छ।’

नेपालले गत सातामा मात्र जारी गरेको अन्तर पार्टी नेर्देशन (अपानि)प्रति खनाल लगायतका नेताहरु असन्तुष्ट छन्। खनालले पनि एमालेसँगै सहकार्य गर्नु पर्नेमा जोड दिइरहेका र सचिव राईले पनि पार्टी अध्यक्षसँग संवाद नगरी प्रदेश सरकारको विषयमा छलफल अघि बढाएपछि अध्यक्ष नेपाल असन्तुष्ट रहेको खनालनिकट एक नेताले बताए।

उपधारा ५ को पर्खाइमा राप्रपा!
नेपाली कांग्रेसले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको सरकार बनाएको थियो। सर्वोच्चको २१ भाद्रको फैसलापछि एमालेले उपधारा ३ अनुसार सरकार बनाएको छ। वर्तमान अवस्थामा कसैको बहुमत नपुग्ने र उपधारा २ को प्रक्रिया पूरा भएकाले अर्को उपधारा ३ अनुसार सरकार बन्ने सर्वोच्चको फैसलाले एमाले सभाको ठूलो दलको हैसियतमा सरकार बनाउने अवस्थामा पुगेको हो।

एमालेले विश्वासको मत पाउन नसकेमा भने २० असोजबाट फेरि अर्को सरकार गठन प्रक्रिया सुरु हुनेछ। जुन उपधारा ५ अन्तर्गतको हो। उक्त धारामा प्रदेश सभामा रहेका कुनै पनि सदस्यले बहुमत सांसद जुटाएर सरकार बनाउने सक्ने प्रावधान छ। त्यस्तो परिस्थितिमा राप्रपा अघि बढ्न सक्ने देखिन्छ। राप्रपाको हकमा माओवादीसहित एमालेले सर्मथन गरेमा सरकारले विश्वासको मत पाउने छ। यसअघि उक्त विकल्पमा पनि नेताहरूले छलफल गरेका थिए।

राप्रपा कोशी संसदीय दलका नेता भक्ति सिटौला छलफलमा रहे पनि आफूहरु बहुमत नपुग्ने अवस्थामा कसैलाई समर्थन नगर्ने बताउँछन्। ‘छलफलमा छौँ, तर हामीले समर्थन गरे पनि बहुमत नपुग्ने भएकोले एमालेलाई समर्थन छैन। हामी उपधारा ५ को पर्खाइमा पनि छैनौँ,’ उनी भन्छन्। 

एमाले र सत्ता गठबन्धनको कुनै शक्तिलाई साथमा लिएर उक्त पार्टीले सरकार बनाउने सम्भावना हुन्छ। तर त्यस अघि नै एमाले एक कदम अघि बढेर आफ्नै पूर्व ‘ब्याजी’ समेत रहेको एससँग संवादमा जुटेको छ। उता, धारा ५ मा पुगेर राप्रपाले मुख्यमन्त्री पाएपनि बहुमत प्रदेश सभा सदस्यले विश्वास नगरेको खण्डमा भने प्रदेश सभा नै विघटनतिर जानेछ। कोशी प्रदेश सभाका लागि नयाँ निर्वाचन गर्नुपर्ने अवस्था आउनेछ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आज रवि लामिछानेको जन्मदिन हो। सामाजिक सञ्जालमा उनलाई शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनको फेसबुक पेजमा भने अहिलेसम्म रव... आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्