काठमाडौं– काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण गरिएको छ।
पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हुन्।
-1762502730.jpg)
मन्दिरको उद्घाटन पछि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिहेका थिए भने उपप्रमुख डंगोलले छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माण हुन ऐतिहासिक कार्य भएको बताए। डंगोलले सम्पदा संरक्षणमा महानगरले प्रमुखताका साथ काम गरिरहेको पनि उल्लेख गरेकी छन्।
महानगरबाट हराएका मूर्त तथा अमूर्त सम्पदाहरुलाई पुनस्थापन पर्ने काम गरिरहेको र अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पहल गरिरहेको उनले बताइन्।
उक्त ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो। हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।