काठमाडौं– काठमाडौंको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल कलेजले विभिन्न क्षेत्रका ३ जना व्यक्तिलाई सम्मानित गरेको छ। आफ्नो वार्षिक स्वागत तथा बिदाइ कार्यक्रमको सन्दर्भ पारेर कलेजले ३ जनालाई अभिनन्दन गरेको हो।
पूर्वमन्त्री तथा सांसद गगन थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा मंगलबार सम्पन्न कार्यक्रममा शिक्षा तथा समाज सेवा, पत्रकारिता र बैंकिङ क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई सम्मानित गरियो। प्राध्यापक डा विद्यानाथ कोइरालाले शिक्षासेवी एवं शिक्षाविदको रुपमा अनवरत प्रदान गरेको सेवा र योगदानका लागि सम्मान गरियो। यस्तै, पत्रकार टिकाराम यात्रीले पत्रकारिताको क्षेत्रबाट समाजमा पुर्याएको योगदानका आधारमा सम्मानित गरियो। कार्यक्रममा बैंक एवं वित्तीय क्षेत्रको नेतृत्व र कार्यकुशलताका लागि गरिमा विकास बैंकका मुख्य कार्यकारी अधिकृत गोविन्द ढकाललाई अभिनन्दन गरियो।
ब्रिजवाटर कलेजले यस बर्षदेखि पहिलोपटक यस्तो कार्यक्रम सुरु गरेको हो। यस्तै अभिनन्दन समारोह वार्षिक कार्यक्रमको रुपमा अघि बढाइने विषय कलेजले जानकारी दिएको छ।
कार्यक्रमका मुख्य अतिथि पूर्वमन्त्री थापाले ब्रिजवाटर कलेजले समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई अभिनन्दनको थालनी गरेर समस्त शैक्षिक जगतमा उच्च कोटीको सन्देश प्रवाह गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।