काठमाडौं– साफ च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको खेलअन्तर्गत दाेस्राे हाफमा नेपालले २ गाेल थपेकाे छ। विमल घर्तीमगरले पेनाल्टी मिस गरेपनि रिवाउन्ड बललाई सुनील बलले सदुपयाेग गरेका हुन्।
त्यसकाे केही मिनेटमै भरत खवासले अर्काे गाेल थप्दै खेललाई ३-० काे अवस्थामा ल्याइपुर्याएका हुन्।
यसअघि अनन्त तामाङले २२ मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए।
आज भुटानविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।