काठमाडौं- एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले दसैं, तिहार र छठ लक्षित अफर ल्याएको छ। कम्पनीले चाडपर्व लक्षित ‘सेलिब्रेसन ग्रेटनेस’ योजना सार्वजनिक गर्दै नगद छुट, उपहार र क्यासब्याक योजना सार्वजनिक गरेको हो।
भदौ २६ गतेदेखि लागू हुने गरी कम्पनीले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादन खरिद गर्दा नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने बताएको छ। कम्पनीका कुनै पनि टेलिभिजन खरिदमा ४४ हजार ७०० र वासिङ मेसिन खरिदमा १४ हजार ४०० सम्मको छुट तथा ६ किलो एरियल मेटिक पाउडर उपहार पाउन सक्नेछन्।
यस्तै एयर कन्डिसनरको खरिदमा ५६ हजार ८०० सम्मको क्यासब्याक तथा ४ हजार रुपैयाँ बराबरको नि:शुल्क एसी जडान सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ। रेफ्रिजरेटरमा ३१ हजार ८०० सम्मको क्यासब्याक पाउन सकिने पनि कम्पनीले जानकारी दिएको छ। साथै यस अफरमा ग्राहकले सीजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यसबाहेक चाडपर्व लक्षित शून्य प्रतिशतमा फाइनान्स सुविधा, एक्सचेन्ज सुविधा, सामान खरिद गर्ने ग्राहकले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड कार्यक्रमअन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुरस्थित होटल विभान्तामा २५५ रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ। यी सुविधा प्राप्त गर्न https://www.cgelex.com/ मा ग्राहकले आफ्नो विवरण दर्ताा गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।