काठमााडौं- संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर उनको निजी निवास बालुवाटारमा लगिएको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बिहानदेखि राखिएको उनको पार्थीव शरीर बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो।
बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो बुधबार बिहान काठमाडौं आइपुगेका छन्। दुई साताअघि भ्रमणका लागि अस्ट्रेलिया गएका कान्छा छोरा सुहाङ मंगलबार राति नै नेपाल फर्किएका थिए। दुवै छोरा च्यासलस्थित पार्टी कार्यालय पुगेका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
निवासमा पार्टी सदस्य, आफन्तजन तथा इष्टमित्रले नेम्वाङको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
बिहीबार नेम्वाङको पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ। सरकारले बिहीबार नेम्वाङको निधनमा शोक बिदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।