काठमाडौं– बलिउड फिल्ममेकर विवेक अग्निहोत्री हाल फिल्म ‘द भ्याक्सिन वार’का कारण चर्चामा छन्। नसिरुद्दीन शाहले 'द कश्मीर फाइल्स', 'केरला स्टोरी' र 'गदर २' जस्ता फिल्मलाई हानिकारक भनेका थिए।
उसो त ‘द कश्मीर फाइल्स’ रिलिज हुँदा निकै विरोध भएको थियो। फिल्ममा कश्मीरी पण्डितहरूको पलायनको कथा देखाइएको थियो। यद्यपि फिल्मले राम्रो कलेक्सन गरेको थियो।
आफ्नो फिल्मको बारेमा यस्तो टिप्पण सुनेका अग्निहोत्रीले जवाफ फर्काए, 'मलाई थाहा छैन। मलाई लाग्छ कि यो कुरा उनमा निर्भर रहन्छ। उनले तय गर्ने फिल्म कुन राम्रो र नराम्रो भन्ने। म दाबीका साथ भन्छु उनलाई भारतमाथि आलोचना गरिएको फिल्म मनपर्छ। उनी निराश छन्। उनी सधैं नकारात्मक समाचार र नकारात्मक कुराहरूमा विश्वास गर्छन्। त्यसैले मलाई थाहा छैन कि नसीर भाइलाई के मन पर्छ।’
विवेकले थपे, ‘म उनको अभिनयको फ्यान हुँ र उनलाई तास्कन्द फाइलमा पनि कास्ट गरेको छु। तर अहिले उनी यस्ता कुराहरु बोलिरहेका छन्। सायद उनी धेरै बुढो भइसकेका छन् वा जीवनदेखि दिक्क भइसकेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।