• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुवास नेम्वाङ : प्रयोग हुन नपाएको एउटा विकल्प

64x64
किशोर दहाल मंगलबार, भदौ २६, २०८०  १२:४९
1140x725

काठमाडौं- ऐतिहासिक संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको मंगलबार बिहान निधन भएपछि राजनीतिमा एक किसिमको शून्यता महसुस भएको छ। व्यक्तिगत तथा दलीय अडान र आरोप प्रत्यारोपले ग्रस्त हुँदै गएको नेपाली राजनीतिमा नेम्वाङको निधनले पारेको भ्वाङ सायदै मेटिनेछ।

पार्टीको आन्तरिक शक्ति संघर्ष होस् वा पार्टीहरूबीचको स्वार्थ संघर्ष, नेम्वाङले जुनसुकै बेलामा पनि समन्वयकारी भूमिका निर्वाह गरे। न उनका प्रति कसैले सार्वजनिक रुपमा तितो पोखे, न उनले कसैका प्रति सार्वजनिक रुपमा तितो पोखे। उच्चस्तरीय भेटघाटमा मिसिँदा होस् वा सिकारु पत्रकारको अगाडि उभिँदा होस्, नेम्वाङको सालिनता र सौहार्द्रतामा कमी आएन।

समन्वयकारी छवि भएकै कारण नेम्वाङले दुई-दुई पटक गठित संविधान सभाको अध्यक्ष हुने मौका पाए। त्यो अवसर उनका निम्ति ऐतिहासिक थियो। अन्य पद आउन र जान कत्तिबेर लाग्दैन, संविधान सभा अध्यक्ष भने उनका निम्ति चीर स्थायी पद बनेको छ। उनी स्वयं सोही पदका रुपमा आफूलाई प्रस्तुत गर्थे।

सभामुख तथा संविधान सभा अध्यक्ष भइसकेका नेम्वाङका निम्ति उक्लिनका निम्ति दुई वटा पद मात्रै बाँकी थिए- प्रधानमन्त्री र राष्ट्रपति। यी दुवै पदमा उनलाई विकल्पको रुपमा हेरिएको पनि थियो।

एमाले र माओवादी केन्द्र मिलेर गठन भएको तत्कालीन नेकपा २०७७ मध्येतिर आन्तरिक संघर्ष चर्को बनेको बेलामा पनि उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको रुपमा हेरिएको थियो। हुन त त्यतिबेला वामदेव गौतमको पनि नाम चर्चामा आएको थियो। तर नेम्वाङलाई प्रधानमन्त्री बनाउनुपर्ने संवाद थालेका कतिपय नेताहरूले उनीजस्ता समन्वयकारी नेतालाई प्रधानमन्त्री बनाउँदा विवाद साम्य हुने र सबैलाई स्वीकार्य पनि हुने बताउने गरेका थिए। साथै ओलीको बहिर्गमन चाहेका नेकपाभित्रका प्रचण्ड-माधव नेपाल पक्षले ओलीले समेत अस्वीकार गर्न नसक्ने विकल्पको रुपमा उनको नामलाई चर्चामा ल्याएका थिए। तर त्यसो  हुन सकेन। नेकपाभित्रको विवाद झनै चर्कियो।

Ncell 2
Ncell 2
nimb
nimb

२०७७ पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गरे। अदालतले त्यसलाई असंवैधानिक ठहर गरिदियो। २०७७ फागुन २३ को अर्को एक फैसलामार्फत त नेकपा नै विभाजन गरिदियो। त्यसपछि नेकपा एमाले भित्र दुई पक्षबीच अन्तरसंघर्ष सुरु भयो। त्यतिबेला पनि नेम्वाङलाई प्रधानमन्त्रीको विकल्पको रुपमा अघि सारिएको थियो।

घनश्याम भुसालले नेपाल लाइभसँगको एक अन्तर्वार्तामा भनेका छन्, 'फागुन २३ गतेको अदालतको फैसलापछि पनि ओलीजी बाहेक अर्को मान्छे, अझ नामै तोकेर भन्दिने हो भने सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाऔं। माओवादीसँग कुराकानी गरौं र गठबन्धन पनि राखौं। पार्टी एकीकृत पनि यसै रहने भयो, नेकपा एमाले रहन्छ, नेकपा माओवादी रहन्छ। अरु कुरा छलफल गरेर जाउँला। सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाऔं भन्दाखेर ओली समूहकै दोस्रो तहका साथीहरु तयार थिए। तर ओलीजीको रोग के छ भन्दाखेरी आफू भएन भने, आफ्नै गुटको पनि हुँदैन।'

नेम्वाङले पार्टी भित्रको संघर्षमा केपी ओलीलाई साथ दिए। ओलीबाट भएको प्रतिनिधि सभा विघटनको सन्दर्भमा पनि उनले अनौपचारिक प्रतिक्रियामा विरोध गरे, तर औपचारिक प्रतिक्रियामा भने ओलीलाई नै साथ दिइरहे। कतिसम्म भने, २०७७ फागुन ८ मा उनले प्रतिनिधि सभा विघटन सदर हुनेमा ओली दुई सय प्रतिशत विश्वस्त रहेको र आफूले पनि ओलीलाइ विश्वास गर्ने बताएका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसरी पार्टी आन्तरिक संकटमा परेका बेलामा उनी विकल्पको रुपमा प्रस्तुत हुने गरेको भए पनि यथार्थमा भने त्यो पदमा पुग्ने अवसर गुमेको छ। उनका निम्ति त गुम्यो नै, देशले पनि उनलाई त्यो पदमा पुगेको हेर्ने अवसर गुमायो।

पछिल्लो पटक नेम्वाङ उसैगरी विकल्पको रुपमा प्रस्तुत भएका थिए- राष्ट्रपतिका उम्मेदवारका रुपमा। एमाले र माओवादी केन्द्र लगायतका दलहरूबीच पुसमा गठन भएको सत्ता गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए। राष्ट्रपतिका रुपमा उनै नेम्वाङलाई हेरिएको थियो। त्यसका निम्ति उनी मानसिक रुपमा पनि तयार थिए। कतिसम्म भने एमाले संसदीय दलको कार्यालयमा रहेको उनको कार्यकक्षमा एक पटक उनले निकटका नेताहरूसँग ठट्यौली समेत गरेका थिए, 'आफू त उता (शीतल निवास) गइएला, यहाँ (आफ्नो कार्यकक्षमा) को पो आउने हो!'

तर, एमालेमा ओलीले चाहेको हुन्थ्यो/हुन्छ। प्रधानमन्त्री प्रचण्डसँग उनले नेम्वाङको नाममा छलफल गरेनन्, बरु अन्य कतिपय 'लो प्रोफाइल' का नामहरूको चर्चा गरे। परिणामतः एमालेकै हातबाट राष्ट्रपति पद उम्कियो।

एमालेले गत फागुन १३ गते बिहान, जुन दिन उम्मेदवारी दर्ता हुँदै थियो, त्यस दिन मात्रै नेम्वाङको नाममा निर्णय गर्‍यो। यो निर्णयमा मूलतः अन्य दललाई नैतिक बन्धन सिर्जना गर्ने अभिप्राय थियो। तर राजनीतिक खेल धेरै अगाडि पुगिसकेको थियो। विकल्पको रुपमा प्रस्तुत नेम्वाङ निर्विकल्प बन्न सकेनन्।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्