धनगढी - सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ ।
प्रदेशसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित गरेको हो ।
नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।
प्रदेश सरकार १ असारमा बजेट ल्याउने तयारीमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।