काठमाडौं– भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी–२० सम्मेलनमा सहभागी पाउनालाई राष्ट्रपति द्रौपदी मुर्मूले डिनर(रात्रि भोज) दिएकी छन्।
यसमा विदेशी पाउनका साथै उपराष्ट्रपति जगदीप धनकड, प्रधानमन्त्री नरेन्द्र मोदी र उनका मन्त्रीमण्डलका सदस्यका साथै राज्यका मुख्यमन्त्री पनि सहभागी भएका छन्।
रात्रि भोजका लागि खास प्रकारका पकवान तयार गरिएको थियो। समाचार एजेन्सी एएनआईले भोजको मेन्यू कार्ड सामाजिक सञ्जालमा शेयर गरेको छ। उसका अनुसार मेन्यूमा ‘शरद ऋतु’ को प्रधानता छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भोजन साकाहारी राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।