• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

लम्पी स्किन प्रभावित किसानलाई प्रतिपशु ५ देखि २० हजारसम्म राहत प्रस्ताव

64x64
कल्पना घिमिरे शुक्रबार, भदौ २२, २०८०  १२:५९
1140x725

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति बेहोरोका किसानलाई राहत दिने मापदण्ड तय गरेको छ। सो मापदण्डअनुसार प्रभावित किसानले मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत पाउनेछन्। 

कृषि तथा पशुपंषी विकास मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिइन्। 

‘सरकार किसानलाई राहत दिने तयारीमा छ। राहत वितरणका लागि केही प्रक्रियागत ढिलाइ भएको छ। अर्थ मन्त्रालय र गृह मन्त्रालयबाट स्वीकृती पाएपछि मन्त्रिपरिषद‌्‌मा पेस हुने र मन्त्रिपरिषद्‌ले स्वीकृत गरेपछि किसानले राहत पाउनेछन्,’ उनले भनिन्।

मापदण्ड निर्माणकर्ता कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले किसानलाई विवरण संकलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी ३ चरण प्रस्ताव गरिएको बताए।

तिवारीका अनुसार लम्पी स्किनबाट पशु मरेका किसानलाई ३ शीर्षकमा राहत वितरण हुने छ। उन्नत जातका वयस्क भैँसी र गाई मरेको भए किसानलाई प्रतिपशु २० हजार रुपैयाँ दिइने मापदण्ड बनाइएको छ। यस्तै, स्थानीय जातको ठूला गाई, भैँसी, गोरु र राँगा मरेका किसानले प्रतिपशु १५ हजार पाउनेछन्। बाच्छा/बाच्छी मरेका किसानलाई प्रतिपशु ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको तिवारीले जानकारी दिए। 

मन्त्रालयको तथ्याङ्कअनुसार लम्पी महामारीका कारण भदौ दोस्रो सातासम्म देशभर ५२ हजार ५४८ पशु मरेका छन्। तर अहिलेको तथ्याङ्कमा कति वयस्क, कति रैथाने र कति बाच्छा/बाच्छी मरेको हो भन्ने विवरण नहुँदा फेरि विवरण संकलन गर्नु पर्ने तिवारीको भनाइ छ।

मापदण्ड कसरी लागू हुन्छ?
राहतमा ठूलो आर्थिक दायित्व सिर्जना हुने भएकाले भदौ १२ गते मापदण्डको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको तिवारी बताउँछन्। यस्तै, गृह मन्त्रालयमार्फत् क्षतिको विरवण संकलन र राहत वितरण हुने भएकाले गृहमा पनि सहमति माग गर्दै पत्राचार गरेको उनले बताए।

ती दुवै निकायबाट सहमति प्राप्त भएपछि मापदण्ड स्वीकृतिका लागि मन्त्रिपरषद्‌मा पेस गर्नुपर्ने छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको मापदण्ड प्राप्त भएपछि मात्रै लम्पी स्किनको क्षतिको विवरण संकलन सुरु हुने सहसचिव तिवारीको भनाइ छ।

Ncell 2
Ncell 2

‘पहिला त वडा कार्यलयबाट विवरण संकलन हुनेछ। त्यसको लागि क्षति भोगेका किसानले निवेदनको ढाँचाअनुसार वडा कार्यलयमा निवेदन दिनुपर्ने छ,’ तिवारीले भने।

किसानले आफ्नो नागरिकताको प्रतिलिपि, कति पशु मरेका छन्, कुन पशु मरेको छ त्यसको संख्या, आफ्नो बैंक खाताको विवरण, वडाअध्यक्षको सिफारिस सहित पेस गर्नुपर्ने तिवारीको भनाइ छ। उक्त सिफारिस वडाले आफ्नो पालिकामा पठाउनु पर्नेछ। पालिकाले फेरि सूचना जारी गरेर छुटेका किसान भए दाबी गर्न आह्वान गर्नेछ। छुट्यो भन्ने गुनासो नआओस् भन्नका लागि फाइनल अध्ययन गरिने तिवारी बताउँछन्। त्यसपछि पालिकाले अन्तिम सूची तयार गर्नेछ। 

‘यो मापदण्ड विपत् व्यवस्थापन ऐनलाई टेकेर बनाउन खोजिएको छ। विपत् व्यवस्थापन स्थानीय तहको समितिमा छलफल हुन्छ। त्यसले अनुमोदन गरेर जिल्ला विपत् व्यवस्थापन समितीमा पेस गर्छ,’ तिवारीले भने। त्यसपछि जिल्ला व्यवस्थापन समितिले कुन किसानका कति पशु क्षति भए भन्ने विवरणमा छलफल गर्ने र आकलन गर्नेछ। त्यो आकलन भइसकेपछि विवरण मन्त्रालयमा पठाउनुपर्ने छ।

‘क्षतिको रकम विपत् व्यवस्थापन कोषबाट लिने गरी प्रावधान राखिएको छ। विपत् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयमा माग्ने गरी व्यवस्था गरिएको छ,’ तिवारीले भने। 

त्यसरी सबै जिल्लाबाट आएको विवरण एकीकृत गरेपछि मात्रै किसानलाई क्षतिपूर्ति दिन आवश्यक रकमको टुंगो लाग्नेछ। आवश्यक रकमबारे यकिन भएपछि अर्थ मन्त्रालयबाट मागेर विपत् व्यवस्थापन कोषमा आउने छ। अन्तिममा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयले किसानको खातामा जाने गरी राहत पठाउने परिकल्पना गरिएको तिवारीको भनाइ छ।

तर लम्पी स्किनबाट मरेका पशुको क्षतिपूर्ती कुनै पनि बिमा कम्पनीले गरिसकेको भए सरकारले दिने राहत किसानले पाउने छैनन्।

‘बिमा कम्पनीले बिमाबापत्‌को रकम दिइसकेको भए दोहोरो नहोस भन्ने मान्यता छ। जहाँबाट दिइए पनि बराबर रकम हुनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहले दिए पनि, केन्द्रले दिए पनि रकम घटबढ नगरी बराबर दिइने व्यवस्था छ,’ तिवारीले भने।

राहतका लागि कति रकम छुट्याउनु पर्ला ?
पशु सेवा विभागको तथ्याङ्कअनुसार अहिलेसम्म लम्पी स्किनका कारण ५२ हजार ५४८ पशुको मृत्यु भएको छ। तर कुन पशु, कतिको संख्यामा मरेका हुन् भन्ने विवरण भने छुट्याउन बाँकी रहेकाले कति रकम चाहिन्छ भन्ने अनुमान हुन नसकेको तिवारीको भनाइ छ।

‘यो अहिलेको सरकारी तथ्याङ्क सही नहुन पनि सक्छ। कतिले सही सूचना प्राप्त भएको नहुन सक्छ। मापदण्ड स्वीकृति भएपछि लिइने विवरणअनुसार के कति रकम आवश्यक पर्छ भन्ने यकिन हुन्छ,’ तिवारीले भने, ‘त्यो विवरणमा पीडित किसानको प्रमाणपत्रको प्रतिलिपिसहित वडाको सिफारिस हुनुपर्ने भएकाले सही तथ्याङ्क आउँछ। त्यसपछि मात्रै यति रकम आवश्यक पर्ने भन्ने थाहा हुन्छ।’

अहिलेको तथ्याङ्कअनुसार देशभर १५ लाख १९ हजार ७७९ पशुलाई संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १३ लाख ९३ हजार ५९५ पशु रोगबाट निको भएका छन् भने ७३ हजार ६३६ पशु अझै संक्रमित छन्।

नेपाल पशु चिकित्सा परिषद्का अनुसार एउटा पशु संक्रमित हुँदा ४९ हजार १३५ रुपैयाँ क्षति पुग्ने देखिएको छ। जसअनुसार लम्पी स्किनबाट पशु क्षेत्रमा न्यूनतम् ५५ अर्ब बढी क्षति पुगेको अनुमान गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्