• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

फिल्म ‘एक भगवत् गीता’ विवाद : बोर्डमा धार्मिक संगठनको ‘धर्ना’ले रोकिएको सेन्सर अनुमति

64x64
समर्पण श्री बिहीबार, भदौ २१, २०८०  २०:४३
1140x725

काठमाडौं– फिल्म ‘एक भगवत् गीता’का निर्माता सुनिल कुमार थापा बिहीबार बिहान १० बजे चलचित्र विकास बोर्ड पुगे। नियमानुसार सबै कागजपत्र र प्रकिया पूरा गरेर उनी फिल्म सेन्सर सिफारिसका लागि विकास बोर्डमा पुगेका थिए।

तर बोर्डमा दिनभरि कुर्दा पनि अध्यक्ष भुवन केसी भेटिए, न सिफारिस अनुमति नै पाए। 

दिउँसोको चार बजेसम्म पनि बोर्डले सिफारिस अस्वीकार गर्दा उनी भक्कानिन पुगे। ‘मेरो सबै कागजपत्र पुगेको छ। किन सिफारिस रोक्नुभयो? एउटा नागरिकले  पाउने अधिकार त पाउनुपर्यो नि! मैले सेन्सर सिफारिस पाउनुर्पछ। यदि सेन्सरबाट नाम राख्न पाउँदैनस् भन्यो भने म तयार छु, ’ उनले बोर्डका प्रवक्ता खेतुलाल बिसीलाई आग्रह गरे।

दिउँसोदेखि विकास बोर्डमा धार्मिक संगठनहरूले ‘धर्ना’ दिइरहेका थिए। हिन्दु जागरण नेपाल, विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायतका प्रतिनिधिहरूले बोर्डमा फिल्मको नाम परिवर्तन नगरी सेन्सरको सिफारिस नदिन भन्दै धर्ना दिइरहेका थिए।

‘एक भगवत् गीता’मा अन्तरजातीय प्रेम र जातीय विभेदको कथा भएको र श्रीमद् भागवत् गीतासँग कथावस्तु नमिल्ने भएको बताउँदै नाम परिवर्तन गर्न दबाब दिइरहेका थिए। बरु उनीहरू निर्मातालाई उल्टै नाम नै सुझाइरहेका थिए।

हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले सञ्चारकर्मीहरूसँग भने, ‘उहाँहरूले पहिलेदेखि नै झुक्याइरहनुभएको छ। सुरुमा श्रीमद् भागवत् गीता शब्द बाहिर ल्याउनु भयो। पछि कथावस्तु परिवर्तन गरिएको छ भन्नुभयो।’

शिव सेना नेपालकी सिर्जना वाग्ले भागवत् गीतामा प्रेम कथा र जातीय विभेद नभएको भन्दै फिल्ममा प्रेमकथा र लैंगिक विभेदको विषय उठाएको बताइन्। ‘यो नाम राखेर व्यावसायिक प्रयोजनका लागि समाजमा भ्रम सिर्जना गर्न पाइँदैन,' उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

जब फिल्मको कथा नै पढेर सुनाए
बोर्डमा धर्ना दिन आएका धार्मिक संगठनका प्रतिनिधिहरू आक्रोशित देखिन्थे। उनीहरू बोर्डमा पत्र लिएर आएका थिए। बोर्ड अध्यक्ष केसी विवाद हुने छाँट देखेपछि कार्यकक्षबाट सुरुमै निस्किएका थिए। तर प्रवक्तालाई सोध्दा अध्यक्ष बोर्डमै भएको खुलासा गरे।

दिनभरि नदेखिएका भुवन केसी साँझमा भने टुप्लुक्क देखापरेका थिए। पछिल्लो जानकारी अनुसार संगठनका प्रतिनिधि र निर्मातासँग अध्यक्ष केसी बसेर ६ बजेपछि छलफलमा जुटेका थिए। निर्माताले फिल्मको नाम परिवर्तन नगर्ने अडान राखेका थिए।

सोमबार धार्मिक संगठनका प्रतिनिधिहरूसँग अध्यक्ष केसीको रोहबरमा बैठक बसेको थियो। बैठकमा उनीहरूले स्क्रिप्ट पढ्न माग गरेका थिए। अध्यक्षले विवाद समाधानको नाममा स्क्रिप्ट पढ्न दिने सहमतिमा बैठक टुंग्याए। 

लगातारको दबाबपश्चात् निर्माता सुनिल कुमारले बाध्य भएर धार्मिक संगठनका प्रतिनिधिलाई स्क्रिप्ट पठाए।

बिहीबार बोर्डमा उनीहरूले सञ्चारकर्मीहरूको माझ फिल्मको कथा नै सुनाए। प्रतिनिधि सागर थापाले  फिल्मको नाम फेर्नुपर्ने बताउँदै कथा नै सुनाइदिएका थिए। निर्माता सुनिल कुमारले सञ्चारकर्मीहरूसँग गुनासो पोखे, ‘गोप्यता कायम राख्छौं भनेर उहाँहरूले दबाब दिएपछि कथा पठाएँ। त्यो कथानै सार्वजनिक गरेपछि यसको क्षतिपुर्ति कसले तिर्छ?’

‘तपाईंले गोप्यता भंग गर्नुभयो। यसबाट प्रोड्युसरलाई पर्ने नोक्सानी कसले व्यहोर्छ?,’ विश्व हिन्दु महासंघका सागर थापालाई सञ्चारकर्मीहरूले प्रश्न गरे। 

उनले फिल्मको गोप्यता भंग नगरिएको भन्दै कथाको पूर्णसार बाहिर नल्याएको बताए।

सञ्चारकर्मीको प्रश्नमा उनी आक्रोशित भएर जवाफ दिइरहेका थिए। आफूहरू पनि पत्रकार भएको भन्दै उनीहरू पत्रकार परिचय पत्र देखाउनतर्फ लागे। ‘तपाईंहरू जन्मनुभएको थिएन हामीले पत्रकारिता गर्दा,’ प्रतिनिधिहरूले सञ्चारकर्मीहरूलाई दुर्व्यवहारजन्य शैलीमा भने। 

बोल्दैनन् फिल्मकर्मी
केहीदिनअघि फिल्ममा गुरुङ समुदायको भेषभुषा र पात्र समावेश गरिएको भन्दै गुरुङ फिल्म एशोसियसनले पनि ‘एक भगवत् गीता’को निर्मातासँग कथा पठाइदिन माग गरेको थियो। 

संविधानको धारा १७ (२) (क) अनुसार प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता छ। कानुनले फिल्ममेकरलाई यो नामबाट फिल्म बनाउन भने रोकेको छैन। यसरी चौतर्फी संगठन वा समूहबाट आएको दबाबले निर्माता सुनिल कुमार आजित बनेका छन्। 

तर यसबारे फिल्मकर्मीहरू खासै बोलेका छैनन्। 

फिल्म ‘गरुण पुराण’का निर्देशक सुवास कोइरालाले पनि नामकै कारण धार्मिक संगठनबाट ‘थ्रेट’ झेल्नुपरेको थियो। नाम नसच्याए क्षति पुर्यााउने चेतावनीका साथ धार्मिक संगठनहरूले हस्तक्षेप गरेका थिए। 

सुवास यस्तो हुनुको कारण भन्छन्, ‘हामी फिल्मकर्मीहरूमा एकता छैन। यो गाह्रो विषय हो। एउटालाई पर्दा अर्को बोल्दैन। आफूलाई पर्दा मात्र बोल्छौँ। त्यसकारण विभिन्न संगठनबाट सिर्जना गरेकै कारण थ्रेट आउने गर्छ।’ 

फिल्म समीक्षक यज्ञशले पनि फिल्म सेन्सर गर्ने अधिकार सेन्सर बोर्डबाहेक कुनै पनि संगठनलाई नभएको बताउँछन्।

फिल्मकर्मीहरूमा अभिनेता कृष्ण मल्लले ‘एक भगवत् गीता’को पक्षमा सामाजिक सञ्जालमा लेखेका छन्। ‘झरना थापा निर्देशित एक भगवत गिताको केही धार्मिक संस्थाले स्क्रिप्ट मागेको र बोर्डले बैठक गरेको कुराले छक्क परेको छु। पक्कै पनि बोर्डले पढेर स्वीकृत गरेको स्क्रिप्टमा फेरि किन झमेला? धार्मिक संस्था हजार वटा छन्,के सबैलाई देखाउँदै हिँड्नु? माफ गर्नुहोला। म पनि हिन्दु हुँ र कुनै पनि आस्थामा चोट नलागोस भन्ने व्यक्ति हुँ,’ उनले लेखेका छन्। 

उनले थपेका छन्, ‘अहिले कथित २/३ वटा संस्था चाहिँ के ठेकेदार हुन्? भोलि अरुले पनि अवरोध गर्लान्? के सबैसँग सम्झौता गर्दै हिँड्ने? कस्तो निरिह बोर्ड, कस्ता निरीह त्यहाका प्राणीहरू?’

निर्देशक मनोज पण्डित पनि धार्मिक संगठनहरूले गरेको निर्णयविरुद्ध छन्। उनले नेपाललाइभसँग चलचित्रकर्मीलाई धार्मिक नाम राखेर फिल्म बनाउने अधिकार भएको बताएका छन्। ‘धर्मले सधैं हामीलाई सहिष्णु र अरुको विचारलाई सम्मान गर्न सिकाउँछ। भागवत् गीता धार्मिक संगठनहरूको मात्रै स्वामित्व हैन। त्यसकारण नाम राखेर बनाउन पाइन्छ। हामीले बनाउने सिर्जनाले कसैलाई विभेद गर्छ भने ती सामाजिक रुपमा बहिष्कार हुन्छन्। त्यसलाई दर्शकले बहिष्कार गर्ने हो,’ उनी भन्छन्। 

उनी राज्यबाहेक कुनै पनि निकायलाई चलचित्रमा सेन्सर वा हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्छन्। ‘तर राज्य कमजोर र अस्पष्ट भएको हुँदा अरु निकायहरू आफू शक्तिशाली देखाउन शक्तिको प्रयोग गरिरहेका छन्,’ उनी भन्छन्। 

आफ्नै फिल्महरू पनि पटक पटक विभिन्न संगठनहरूको सिकार भएको सम्झँदै उनले भने, ‘एउटालाई हस्तक्षेप हुँदा फिल्मकर्मीहरू एक छैनन्। यसले भोलिको दिनमा सिनेमा बनाउनुअगाडि विभिन्न झुण्डहरूसँग चलचित्रकर्मीले स्वीकृति लिनुपर्ने हुन्छ। यही प्रणाली अगाडि बढ्दै गयो भने चलचित्रकर्मीले भोलिको दिन थुप्रै समूहसँग अनुमति लिनुपर्ने हुन्छ। सर्जक भन्दा पपेट हुने परिस्थितिको निर्माण हुन्छ।’

यो पनि :

फिल्म ‘एक भगवत् गीता’लाई विकास बोर्डले दिएन सेन्सर अनुमतिे

‘एक भगवत् गीता’को कथा पठाउन जिफानको माग, निर्माता भन्छन्- अब फिल्म बनाउनै नसकिने भइयो

फिल्ममाथि धार्मिक संगठनको ‘कैँची’, मानसिक दबाब झेल्दै निर्माता

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
प्रसुति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमाको माग सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्