काठमाडौं– उत्तरी स्पेनको रिउडेलोट्स डी ला सेल्वा सहरमा बस्ने निको नामको चिम्पाञ्जी वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमामा छनोट भएको छ।
मोना फाउण्डेशनमा बस्दै आएको चिम्पाञ्जी विश्व पशु संरक्षणद्वारा प्रदान गरिएको वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डका लागि छानिएका ५ फाइनलिस्टमध्येको एक हो।
२००४ देखि सो ठाउँमा रहेको निको विश्व पुरस्कारको लागि रोमानियाको खैरो भालु, क्रोस्टारिकाको एन्टीटर, कम्बोडियाको एउटा हात्ती र क्रोस्टारिकको पुमा छनोट भएको छ।
यो चिम्पान्जी २३ वर्षको पुग्न लागेको र स्वास्थ्यमा समस्या रहेको बताइएको छ। १० हजार अमेरिकी डलरको यो पुरस्कार जित्नको लागि ५ मध्येबाट चुनिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।