काठमाडौं– नेपाली कांग्रेसकी नेतृ तगा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा आरजु राणा बंगलादेश भ्रमणमा जाने भएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले बंगलादेशको कृषि क्षेत्रको अनुगमनका लागि आरजु राणा नेतृत्वको टोली जाने निर्णय गरेको हो।
भ्रमण दलमा सभापति राणाका साथै अनिशा नेपाली, अम्मरबहादुर थापा, विनिता कठायत, सूर्यकुमारी श्रेष्ठ, रुपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल जाने निर्णय भएको हो।
यस्तै समितिले केरा खेतीको उत्पादन तथा संवर्द्धन गर्न सम्बन्धमा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उपसचिव बरालले बताए।
समितिले बाँदर, बँदेल र निल गाई जस्ता जंगली जनावरले कृषि बालीमा क्षति पुर्याउने र किसानहरुलाई पर्न गएको मर्काको क्षतिपूर्ति उपलब्ध गराउने कार्य प्रभावकारी गर्न र यसको दीर्घकालीन रुपमा समस्या समाधान गर्न आवश्यक पहल गर्ने सम्बन्धमा वन, तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।