काठमाडौं– देशभर खेती हुने जमिनमध्ये सिँचाइको सुविधा २.५ प्रतिशतले बढेको छ। पछिल्लो १० वर्षको अवधिमा सिँचाइ हुने क्षेत्रको विस्तार २.५ प्रतिशतले बढेको हो।
कृषिगणना २०७८ अनुसार हाल कृषिमा आबद्ध परिवारले १२ लाख ९ हजार २६५.५ हेक्टर जमिनमा सिँचाइ सुविधा लिएको देखिएको छ। कृषिमा आबद्ध परिवारले खेतीका लागि प्रयोग हुनेमध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग गरेको देखिएको छ।
तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो।
कृषि गणना २०७८ अनुसार सिँचाइ सुविधा लिने कृषक परिवार ७० प्रतिशत पुगेका छन्। अघिल्लो कृषि गणना २०६८ अनुसार सिँचाइ सुविधा लिने कृषक परिवार ६५ प्रतिशत मात्रै थिए।
सिँचाइ सुविधा उपलब्ध हुने क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८७९.५७ हेक्टर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।