काठमाडौं– नेपालमा गाई तथा गोरु पाल्ने किसानको संख्या घटेको छ। केन्द्रीय तथ्यांक कार्यालयकाले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसान ठूलो संख्यामा घटेको पाइएको हो।
सो तथ्यांकअनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई/गोरु पालन गरिरहेका छन्। जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो। २०६८ मा २२ लख ८१ हजार परिवार गाई/गोरु पालनमा आबद्ध थिए। २०७८ को तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ।
तथ्यांकअनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ। नेपालभर अहिले गाई / गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ। २०६८ सालमा देशभर गाई तथा गोरुको संख्या ६४ लाख ३० हजार थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।