बैतडी– बैतडीमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका ६ की ४३ वर्षीया कलावती नाथको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
घाइते नाथलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको जानकारी उनले दिए।
सोमबार बिहान घाँस काटेर भारी उठाउने क्रममा विद्युतको हाइटेन्सनमा लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो। उनी करेन्ट लागेर गम्भीर घाइते भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।