काठमाडौं– एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच हुने खेलमा छ्क्का हान्ने र विकेट लिने खेलाडीलाई चलचित्र निर्देशक चन्द्र पन्तले पुरस्कार दिने निर्णय गरेका छन्।
हरेक विकेट र छक्कामा उनले ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका हुन्।
पन्तले इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएका तर्फबाट उक्त पुरस्कारको घोषणा गरिएको बताए। उनले नेपाल विजयी भएमा पाँच लाख दिने समेत बताएका छन्।
श्रीलंकाको क्यान्डीस्थित पाल्के रंगशालामा भारत र नेपाल नेपाली समयअनुसार ३ बजे भिड्दैछ। एसियाको समूह एमा भारत र पाकिस्तानसँग नेपाल एकै समूहमा छ।
नेपाली क्रिकेट टिमलाई समर्थन गर्न नेपालबाट राजनीतिकर्मी, कलाकार, पूर्वखेलाडी तथा सर्वसाधारण पनि श्रीलंका पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।