काठमाडौं– एसिया कपमा नेपाली क्रिकेट टिमलाई समर्थन गर्न नेपालबाट राजनीतिकर्मी, कलाकार तथा पूर्वखेलाडीसम्म श्रीलंका पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पत्नी निकिता पौडेलसहित नेपाल-भारतको म्याच हेर्न श्रीलंका पुगेका हुन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पनि खेल हेर्न श्रीलंका पुगेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेल पनि नेपाल–भारतको म्याच हेर्न श्रीलंका पुगिसकेका छन्।

अभिनेत्री वर्षा शिवाकोटी पनि यतिबेला श्रीलंकामै छिन्।
त्यसैगरी पूर्वक्रिकेटर शक्ति गौचन पनि खेल हेर्न श्रीलंका पुगेका छन्। सर्वसाधारणहरू पनि नेपाली क्रिकेट टोलीको हौसला बढाउन यतिबेला श्रीलंकमा छन्।

श्रीलंकाको क्यान्डीस्थित पाल्के रंगशालामा भारत र नेपाल नेपाली समयअनुसार ३ बजे भिड्दैछ। एसियाको समूह एमा भारत र पाकिस्तानसँग नेपाल एकै समूहमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।