काठमाडौं– सलमान खानले बक्स अफिसमा राम्रो प्रदर्शन नगर्ने फिल्मलाई खराब फिल्मको दर्जा दिएका छन्।
एक अन्तर्वार्ताका क्रममा उनले दर्शकले रिजेक्ट गरे भन्नुको अर्थ फिल्म खराब भएको बताए। अन्तर्वार्ताकारले परिन्दा, अंदाज अपना अपना, जाने भी दो यारों जस्ता फिल्मका सूची पढ्दा सलमानले भने, ‘हो, ती नराम्रो फिल्म थिए।'
अन्तर्वार्ताका क्रममा सलमान खानले लेखक अनुपमा चोपडालाई नराम्रो र राम्रो फिल्मको बारेमा जानकारी दिए। बलिउडमा हिट र फ्लप फिल्मको गणितमा धेरै मानिस सहमत नहुने भए पनि सलमानले फिल्मलाई कसरी हेर्छन् भन्ने कुराको प्रमाण हो।
कुराकानीमा अनुपमाले भनिन्, ‘कहिलेकाहीँ समयभन्दा अगाडि फिल्म बनाइन्छ।'
यसबारे सलमानले फिल्ममेकरले समयमै फिल्म बनाउनुपर्ने बताएका छन्। फिल्म पैसा कमाउन, नाम कमाउन र उद्योगलाई अगाडि बढाउनका लागि बन्ने गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।