काठमाडौं– इजरायलले एफ–३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति लिएको छ।
आइतबार इजरायली रक्षा मन्त्रालयले थप एउटा एफ–३५ स्टेल्थ लडाकू विमान खरिद गर्न अमेरिकासँग अनुमति लिएको जनाएको हो। इजरायली रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रक्षामन्त्री योभ ग्यालान्टले अबको केही महिनामा सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी रक्षा विभागलाई अनुरोधको पत्र पठाएको बताइएको छ।
इजरायलले संयुक्त राज्य अमेरिकाबाट लकहिड मार्टिनद्वारा निर्मित २५ एफ–३५ विमान, सहयोगी र मर्मतसम्भार गर्ने सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको हो। नयाँ ३ वटा विमान २०२७ सम्म इजरायलमा आउने अपेक्षा गरिएको छ।
सम्झौता पूरा भएपछि इजरायली वायुसेनालाई विमान दिइनेछ। इजरालयलले डिसेम्बर २०१६ मा आफ्नो पहिलो एफ—३५ जेटहरु खरिद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।