काठमाडौं– ‘मेरो डान्स युनिर्भस’को उपाधि विजेता ‘नेपालीभाषी डान्सर’ खुशी कार्की स्वदेश (थाइल्यान्ड) फर्किएकी छन्। करिब ५ महिना नेपाल बसेर १ करोड राशीको पुरस्कार जितेकी खुशीलाई थाल्याण्डमा भव्य स्वागत गरिएको छ।
बर्मा र थाइल्याण्ड बस्ने नेपाली मुलका मानिसले स्वर्णभूमि विमानस्थल पुगेर खुसीको स्वागत गरेका थिए। थाइ नेपाली संघ र बर्मा सांस्कृतिक विभागले खुशीको जितका लागि अभियान नै सञ्चालन गरेको थियो।
विजेता कार्कीले नेपाल आफ्नो पितृ भूमि भएको र यहाँ आएर विभिन्न देशका मानिसका बीचमा प्रतिस्पर्धा गरि उपाधि जितेर फर्किदा धेरै जिम्मेवारी र नेपालको माया थपिएको महसुस भएको बताइन्।
‘खुसी बाँड्दै झण्डै ५ महिनाको नेपाल बसाइमा धेरै कुरा सिकेको छु। जन्मभूमि थाइल्यान्ड फर्किए पनि नेपाललाई माया गरिरहन्छु,’ कार्कीले भनिन्।
भाषा, संस्कृति तथा कलाका सन्दर्भमा नेपालबाट सिकेको कुरा आफूले थाइल्यान्डमा सिकाउने कार्कीले बताइन्। उनले आफू छिट्टै नेपाल फर्किने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।