काठमाडौं– भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। चन्द्रमामा चन्द्रयान–३ को सफल अवतरण गरेको १ सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको हो।
आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार (२ सेप्टेम्बर)मा श्रीहरिकोटबाट स्थानीय समयअनुसार बिहान ११:५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो। श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ।
यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दूरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दूरीको १ प्रतिशत हो।
भारतीय स्पेस एजेन्सी (इसरो)का अनुसार ल्यागरेन्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई ४ महिना लाग्नेछ। ल्यागरेन्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुन्छ। यहाँ एक किमिसको न्युट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ।
यो प्वाइन्टको नामाकरण प्रान्सेली गणितिज्ञ लुईस ल्यागरेन्जको नाममा राखिएको हो, जसले यो बिन्दुको बारेमा १८औं सताब्दीमा नै खोज गरेका थिए।
भारतीय अन्तरिक यानले सूर्यको सबैभन्दा बाहिरी क्षेत्रको अध्ययन गर्ने बताइएको छ। यो यानले अन्तरिक्षको मौसम, त्यहाँ हुने हलचल लगायतको पनि अध्ययन गर्ने इसरोका बैज्ञानिकहरुले जनाएका छन्।
इसोराका वैज्ञानिकहरुले यानको प्रक्षेपणबाट केही महत्वपूर्ण जानकारीहरु हासिल हुनेछन्, जसबाट सूर्यको बारेमा बुझ्न मद्दत मिल्नेछ।
भारत सरकारले सन् २०१९ मा यो मिसनका लागि अनुमति दिएको थियो। त्यतिबेला यसको लागत ४.६ करोड डलर हुने बताइएको थियो। भारतीय स्पेस एजेन्सीले सूर्य मिसनका लागि हालसम्म भएको खर्चको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। यद्यपि यसमा हालसम्म ३ अर्ब ७८ करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।