दक्षिण कोरिया– सोनसिक कोरियाको नयाँ नेतृत्व चयन भएको छ। दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको संस्था ‘नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)’को शनिबार र आईतबार दुई दिनसम्म चलेको साधारण सभाले तुलसी पौडेललाई निर्विरोध चयन गरेको हो।
समितिको उपाध्यक्षमा रुपेश कंडेल, प्रदीप सुवेदी, प्रकाश देवकोटा र राजेन्द्र आचार्य गरी चारजना चयन भएका छन्। कार्यसमितिमा दीर्घराज जोशी सचिव छन् भने सह–सचिवमा निर्मल आचार्य रहेका छन्। कोषाध्यक्षमा श्री सत्याल रहेको समितिमा राजाराम श्रेष्ठ, दिनेश चौधरी, अनु रिजाल, पुनम पाठक, र रविन्द्र मिश्रा चयन भए।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विजय बस्नेत, नेपाली राजदुतावासका प्रतिनिधि उद्धव न्यौपानेलगायतले बोलेका थिए। कार्यक्रममा कविता र निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिनुका साथै कोरियामा अध्ययन पूरा गरी दिक्षित भएका विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।