काठमाडौं– दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेसबर्गको केन्द्रीय व्यापारिक क्षेत्रमा बिहीबार भएको आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ। आगलागीमा परेर ४३ जना घाइते भएको त्यहाँको नगर प्रशासनले जनाएको छ।
खोज र उद्धार प्रयाशहरू जारी रहेका जनाएको छ। शहर प्रशासनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मृत्यु हुनेको संख्या ६३ पुगेको जनाएको छ।
फायर फाइटरहरू र आपतकालीन सवारीहरू घटनास्थलमा पुगेका छन्। ज्यान गुमाउने व्यक्तिका शवहरु आगलागी भएको स्थान नजिकैको सडकमा कपडाले ढाकेर राखिएको थियो।
जोहानेसबर्ग आपतकालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले ५ तले भवनमा आगलागी भएको जानकारी दिएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।