काठमाडौं– हालै अभिनेता शाहरुख खानले आफ्नी छोरी सुहानाको लागि एउटा नोट सेयर गरेका छन्। सुहाना चाँडै फिल्म ‘द आर्चिज’बाट डेब्यू गर्दैछिन्। फिल्म ७ डिसेम्बरमा नेटफ्लिक्समा रिलिज हुनेछ।
शाहरुखले सेटबाट सुहानाको तस्बिर सेयर गरेका छन्। यो तस्बिरमा सुहाना बेडमा सुतिरहेकी देखिन्छ। यो तस्बिरमा उनीसँगै बेडमा एउटा बिरालो पनि छ। नोट सेयर गर्दै शाहरुखले लेखेका छन्, ‘म तिमीलाई मेरो मनपर्ने ठाउँमा अर्थात् क्यामेराको अगाडि देखेर धेरै खुसी छु। तिमी क्यामेराको अगाडि धेरै सहज र सुन्दर देखिन्छौ। मलाई तिमी माथि गर्व छ!’
उनले थप लेखेका छन्, ‘यद्यपि, यो बिरालो जो तिम्रो सह–स्टार हो, क्यामेराको अगाडि आउन अझै अलि बढी अभ्यास र कोचिङ चाहिन्छ।’
सुहानाले यो नोटको जवाफ दिँदै एउटा स्टोरी सेयर गरेकी छन्। उनले लेखेकी छन्, ‘आइ लभ यु!म यस प्रोजेक्टका लागि धेरै उत्साहित छु। तर, मलाई यो बिरालो पनि सक्षम छ जस्तो लाग्छ।’
यो फिल्मबाट जोया अख्तरले ‘थ्री स्टार किड्स’लाई लन्च गर्दैछिन्। फिल्ममा सुहाना, बोनी कपूर, श्रीदेवीकी छोरी खुशी कपूर, अमिताभ बच्चन–जया बच्चनका नाति अगस्त्य नंदा पनि देखिनेछन्। उनीहरू बाहेक युवराज मेन्डा, मिहिर आहुजा, अदिति डट र वेदांग रैना पनि फिल्ममा देखिनेछन्।
यो फिल्म अमेरिकी कमिक ‘द आर्चिज’को रूपान्तरण हो। ‘द आर्चिज’ १९६०को दशकमा सेट गरिएको युग कमिक हो। कमिकले किशोरकिशोरीहरू बीचको मित्रता र तिनीहरूको जीवनमा आउने उतार-चढावलाई वर्णन गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।