काठमाडौं- भक्तपुरमा पार्किङ गरी राखेको एक बसमा आगजनी भएको छ।
मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरी राखेको बा ४ ख ६६६९ नम्बरको बसमा बिहीबार बिहान अज्ञात व्यक्तिले आगजनी गरेको हो। कमलविनायकबाट रत्नपार्क जाने उक्त बसमा आगजनी भएपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।