काठमाडौं- काठमाडौं महानगरपालिकाले गाईजात्रा हुने मार्गमा सवारी प्रवेशमा रोक लगाएको छ।
महानगरले बिहीबार र शुक्रबार दुई दिन गाईजात्रा हुने मार्गहरूमा सबै प्रकारका सवारी निषेध गरेको हो।
केलटोलबाट सुरु हुने जात्रा ईन्द्रचोक, मखन, हनुमानढोका दरबार परिसर, जैशिदेवल, मरू टोल, चिकँमुगल, ज्याबहाल, लगन चोक, गोफल, ब्रम्हटोल, वन्डे, ह्युमत, जैशिदेवल, कोहिटि, भिमसेनस्थान, मरू टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, बाङ्गेमुढा, न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन पुगेर टुंगिन्छ।
दुई दिन यी स्थानमा महानगरले सवारी प्रवेशमा निषेध गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।