काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच केही बेरमा भेटवार्ता हुँदैछ।
सरकारको आलोचना बढिरहेको र पार्टीका तल्ला कमिटीबीच पनि एकता हुन नसकिरहेको बेलामा दुई अध्यक्षबीच भेटवार्ता हुन लागेको हो।
'खासै एजेन्डा तय भएका छैनन्', प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, 'नियमित भेट हो।'
दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बालुवाटारमा भेटवार्ता हुन लागेको हो।
आजै दिउँसो केही पत्रकारहरुसँग भएको छलफलमा प्रचण्डले सरकारका मन्त्रीहरुको पनि समीक्षा गर्ने बताएका थिए।
बिम्स्टेकका कारण प्रधानमन्त्रीको व्यस्तता बढेका कारण दुई अध्यक्षबीच नियमित भेटवार्ता हुन सकेको छैन। यसबीच मन्त्रीहरुको प्रस्तुतिलाई लिएर सरकारको आलोचना बढ्न थालेका छन्। साथै, पार्टीका तल्लो तहका कमिटीबीच एकता प्रक्रिया अघि बढ्न सकेको छैन। पार्टी शीर्ष नेतृत्वबीच नै खटपट भएका कारण एकता प्रक्रिया अलमलमा परेको चर्चा चल्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।