• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

छाडा चौपायाबाट बाली जोगाउनै मुस्किल

64x64
नेपाल लाइभ मंगलबार, भदौ १२, २०८०  ०९:४४
1140x725

टीकापुर– कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्‍याउन थालेपछि किसान समस्यामा परेका छन्। उनीहरुले  छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन्।

किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्‍याएको बताए। ‘छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ,’ उनले भने, ‘धानबाली पसाउन थालेको छ। यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन्।’

छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको जानकी–३ का किसान वीरेन्द्र कुँवरले बताए। ‘केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारे,’ उनले भने, ‘त्यसपछि बाली कुर्न थालेका छौँ, तारबार लगाएको बाली पनि पशु पसेर सखाप पार्न थाले।’

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार छाडा पशुले आफ्नो मात्र नभइ अन्य किसानको बालीमा समेत नोक्सानी गरेका छन्। पशुले बाली सखाप पार्ने डरले कतिपय किसानले खेती लगाउन छाडेका छन्। ‘मेरो छिमेकीले लगातार २ वर्ष पशुका कारण बाली स्याहार्न नपाएकाले यस वर्ष धानबाली रोपेनन्,’ उनी भन्छन्, ‘यसपालि मास र अलहर खेती गरेका छन्। त्यसमा पनि पशुले क्षति पुर्याएपछि दिक्क छन्।’

छाडा पशु यस क्षेत्रमा दीर्घकालीन समस्याका रूपमा स्थापित हुँदै आएको छ। व्यवस्थापनका लागि केही प्रयास भएका छन्। छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माणदेखि पालनपोषणका लागि केही कार्य गरेका छन् । ‘सिजनल’रूपमा तत्कालीन समस्या समाधानको प्रयास भए पनि यसको दीर्घकालीन व्यवस्थापन नहुँदा छाडा पशुको समस्या उस्तै रहेको अर्का किसान गणेश उपाध्यायको गुनासो छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

छाडा पशुको समस्या समाधानका लागि गत वर्ष गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको थियो भने यस आर्थिक वर्षमा पनि सोही बराबरको रकम विनियोजन गरेको छ। तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन समस्या निराकरणका लागि गाउँपालिकाले सबै पक्ष र सरोकारवालासँग छलफल र समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए। 

‘गाउँपालिकाले पशु व्यवस्थापनका लागि सामुदायिक वनसँग समन्वय र जग्गाको खोजी गरिरहेको छ। व्यवस्थापनका लागि सामुदायिक वनसँग प्रस्ताव राखिएको र व्यवस्थापनको जिम्मेवारी लिन चाहनेलाई प्रस्तावसहित आउन आह्वान गरेका छौँ,’ अध्यक्ष चौधरीले भने, ‘जग्गाको खोजी गर्दैछौँ, कसरी व्यवस्थापन गर्ने भनी गृहकार्य सुरु भएको छ। जग्गाका लागि सामुदायिक वनसँग सहकार्य कसरी गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ।’

जानकी गाउँपालिकामा करिब १ हजार बढी छाडा पशुचौपाया रहेका छन्। छिमेकी पालिकाबाट आउने पशु नरोक्दासम्म दीर्घकालीन समस्या समाधान नहुने स्थानीय बताउँछन्। कैलालीको टीकापुर नगरपालिकाले भने गौशाला सञ्चालनमा ल्याएको छ। नगरपालिकाले सञ्चालन गरेको गौशाला हाल स्थानीयले व्यवस्थापन समितिमार्फत सञ्चालनको जिम्मा लिएका छन्। गौशालामा करिब छ सय पशु रहेको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
थाहा पाउनुहोस् आजको तरकारी तथा फलफूलको मूल्य कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २६० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुप... शुक्रबार, कात्तिक २०, २०८३
गोरुको विकल्प बन्दै ‘मिनी टिलर’ जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषकहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्दै अनुदानमा मिनी टिलर वितरण गर्न सुरु गरेको... शुक्रबार, कात्तिक १३, २०८३
स्कुलमा सिकेको सीप घरमै प्रयोग, च्याउ खेतीबाटै खर्च जुटाउँदै सुशान्त र सम्झना च्याउ उत्पादन गरेर बिक्री गर्दा सम्झनाले गत वर्ष करिब ४० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । च्याउ बेचेर आएको पैसाले कापीकलम किन्ने... शुक्रबार, कात्तिक १३, २०८३
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्