बझाङ– डेरामा आफ्ना दुई छोरासँग सुतिरहेकी महिलालाई चक्कु प्रहार गरी मोबाइल चोरेर फरार भएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका–१ का २२ वर्षीय स्यानु चौधरी रहेका छन्।
भदौ ४ गते राति ११ बजेर ४५ मिनेटमा बझाङको सुर्मा गाउँपालिका–३ घर भइ सदरमुकाममा डेरा गरी बस्दै आएकी २९ वर्षीया सुनतादेवी विक, उनका दुई छोरा ७ वर्षीय आदित्य विक र ५ वर्षीय एबल विकलाई सुतिरहेको अवस्थामा चक्कु प्रहार भएको थियो।
साथै सुनिताको डेराबाट मोबाइलसमेत चोरी भएको थियो। प्रहरीले उक्त घटनामा अनुसन्धान गर्दै जाँदा कैलालीको कैलारी गाउँपालिका–१ घर भइ बझाङको सदरमुकाम चैनपुरमा मजदुरी गर्ने स्यानु उक्त घटनामा संलग्न भएको पाएको थियो।
पक्राउ परेका स्यानुलाई जिल्ला अदालत बझाङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।