काठमाडौं– थाइ–नेपाल संई थाइल्याण्डको एक प्रतिनिधि मण्डलले नेपाल सरकारसँग विभिन्न माग राखेको छ। मण्डलले नेपालका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए।
‘मेरो डान्स युनिभर्स’को फाइनलमा सहभागिताका लागि ५० जनाभन्दा बढी थाइ प्रतिनिधि नेपाल आएका थिए।
कार्यक्रम सकिएपछि थाइ–नेपाली संघका संरक्षक कुमार कार्कीको नेतृत्वमा थाइ नेपाली संघकी अध्यक्ष वासना राई लगायतले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराँती, मुख्सचिव शंकरदास बैरागी, रास्वपाका सभापति रवि लामिछानेलगायतलाई छुट्टाछुट्टै भेट गरेका थिए।
उनीहरुले भेटमा लामो समयदेखि प्रवासमा बदै आएका थाइल्याण्ड, म्यान्मार, मलेसिया, फिजी बदी देशमा बसोबास गर्ने नेपालीको समस्याबारे जानकारी गराएका थिए।
साथै उनीहरुले त्यहाँ बस्ने नेपालीहरुको प्रमाणपत्रमा कसैकोमा नेपाल, कसैकोमा गोरखा भनेर उल्लेख गरिएको पनि जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।