काठमाडौं– काठमाडौं प्रहरीका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भुटानी शरणार्थी प्रकरण त्यतिकै सामसुम नहुने बताएका छन्।
कार्यभार सम्हालेपछि पहिलोपत्र पत्रकार सम्मेलन गर्दै खत्रीले कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने बताएका हुन्।
उनलाई केही दिनअघि मात्र गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखमा सरुवा गरेको थियो।
पत्रकारले यसअघिका एसएसपी दानबहादुर कार्कीको सरुवा गरेर तपाईंलाई ल्याएको छ अब भुटानी काण्ड सामसुम हुने हो? भनेर सोधेको प्रश्नमा एसएसपी खत्रीले भने, ‘कोही कसैको सरुवा हुँदैमा अनुसन्धान प्रभावित हुँदैन। नियमित काम भइरहन्छ। जहाँसम्म भुटानी शरणार्थी प्रकरणको कुरा छ त्यो रोकिँदैन। कानुन अनुसार अघि बढ्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।