काठमाडौं– काठमाडौंको नयाँबानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजका विद्यार्थीहरुले ‘फुड एण्ड आर्ट’ महोत्सब आयोजना गरेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका लुभुस्थित जिनियस आईबी वर्ल्ड स्कूलमा महोत्सवको आयोजना गरिएको हो। महोत्सवको एमाले नेता एवं पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे।
कार्यक्रममा नेपाली र विदेशी गरी खानाका १६ परिकार र विभिन्न डिजाइनका मोडलहरु प्रदर्शनी गरिएको थियो। महोत्सवको आयोजना कलेजका ब्याचलर अफ होटल म्यानेजमेन्ट, ब्याचलर अफ हस्पिट्यालिटी एण्ड क्याटरिङ म्यानेजमेन्ट, ब्याचलर अफ बिजनेश एड्मिनिस्ट्रेशन, ब्याचर लफ इन्टेरियर डिजाइन र मास्टर्स अफ बिजनेश एड्मिनिस्ट्रेशनका ६०० सहित होटल व्यवस्थापन अध्ययनरत विभिन्न कलेजका गरी १ हजार विद्यार्थी सहभागी थिए।
अध्ययनका क्रममा आफूहरुले सिकेका ज्ञान प्रयोग गरी बनाइएका परिकार र डिजाइनहरु प्रदर्शनीमा राखिएको उक्त कलेजमा अध्ययनरत विद्यार्थी पविना श्रेष्ठले बताइन्। उनका अनुसार खानाका ४ वटा स्टल र डिजाइनिङको २ वटा स्टल राखिएको थियो। श्रेष्ठले महोत्सवबाट भविष्यमा आफैंले कुनै व्यवसाय गर्न वा जागिर खानका लागि महोत्सवबाट व्यवहारिक ज्ञान आर्जन भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।