काठमाडौं– नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला–२६ अस्पताल भर्ना भएकी छिन्।
प्रहरीका अनुसार औषधिको ओभरडोज लिएपछि उनी अस्पताल भर्ना भएकी हुन्। उनलाई नर्भिक अस्पतालमा राखिएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी भोलि(आइतबार) तोकिएको छ। पेशीको अघिल्लो दिन पीडित गौशाला–२६ ले औषधिको ओभरडोज लिएपछि अस्पताल भर्ना भएकी हुन्।
उनले चिकित्सकको परामर्शमा मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधि सेवन गरिरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।