काठमाडौं– दिवंगत अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ।
सारुकको निधनपछि उनी अस्पताल भर्ना भएका थिए। उनी नर्भिक अस्पतालमा उपचाररत थिए।
उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।
गत असार २१ गते सारुक आफ्नै घरमा मृत भेटिएका थिए।
उनी नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यबाहक अध्यक्षसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।