काठमाडौं– सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलामा आएको बाढीले बगाएको छ।
सरस्वती मावि बिहानदेखि नै बाढीको उच्च जोखिममा परेको थियो। बाढीले बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर खसालेको थियो अहिले भवन ढलाएको छ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।
जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइको ग्याल्थुम बजार नै जोखिममा भएकाले स्थानीयहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको जानकारी उनले दिए। दिनभर मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन बगेको हो।

यो जिल्लाको पुरानो विद्यालय हो।
मेलम्चीको बाढीले हेलम्बु गाउँपालिका–४ ग्याल्थुमका चार घर पनि उच्च जोखिममा परेका छन्। शुक्रबार बिहानैदेखि मेलम्चीले कटान सुरू गरेपछि उपमेयर अप्सरा लामिछाने, स्थानीय भरतबहादुर कार्की, मुक्तिनाथ लामिछाने, छविरमन लामिछाने र सुरेश तामाङका घर उच्च जोखिममा परेको मेयर शेर्पाले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।