काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधबार भएको बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्। तिमिल्सिनाले शुक्रबार काठमाण्डौंका विभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराई रहनुभएका घाइतेहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।
ललितपुरको क्रिष्ट मेडिकल कलेज, काठमाण्डौंमा बयोधा अस्पताललगायतका अस्पतालमा पुगेर उपचार गराइरहेका घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उनले स्वास्थ्य लाभको कामना गरेका हुन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई आग्रह पनि गरे।
बस दुर्घटनामा परेका घाइतेहरूमध्ये काठमाण्डौंको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बी एण्ड बी अस्पतालमा १/१ जनाको उपचार भइरहेको छ।
काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दीको बेनीबजार जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९५२ नंको बस गजुरी गाउँपालिका-२ चालिसेमा अनियन्त्रित भइ त्रिशुली नदीमा खस्दा ८ जना यात्रुको मृत्यु भएको थियो। १७ जना यात्रु घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।