• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
न्यायको सकस–श्रृंखला २:

२७ वर्षदेखि अदालत धाइरहेका दुर्गाभक्त 

64x64
कल्पना घिमिरे शनिबार, भदौ ९, २०८०  ११:५४
1140x725

काठमाडौं– दिउँसोको दुई बजे। सिमसिम पानीले सर्वोच्च अदालतको परिसर भिजाइरहेको थियो। केही व्यक्तिहरू सवोच्च अगाडि ओंत लागिरहेका थिए। एक दुई जना अदालतको प्रवेशद्वारनिर कसैको पर्खाइमा बसिरहेझैं देखिन्थे।

दुर्गाभक्त श्रेष्ठ कानुन व्यवसायीलाई  पर्खिरहेका छन्। ‘कतिबेला आउने हुन् खाजा खाएर,’ उनी मसिनो स्वरमा भन्दै थिए। 

२१ साउनमा उनको पेसी थियो। ७ नम्बरमा उनको त पालो थियो। तर पेसीको सुनुवाइ भएन। पहिलै उनकोे मुद्दा हेरिसकेका न्यायाधीश परेकाले सुनुवाइ नभएको रहेछ। 

कानुन व्यवसायी सपना प्रधान मल्ल, बम कुमार श्रेष्ठ र कुमार रेग्मीले पहिला नै सो मुद्दा हेरिसकेका रहेछन्। उनका दुर्गाभक्ताका अनुसार मुद्दा फेरि हेर्न नमिल्ने रहेछ।

‘एउटै विषयवस्तुमा पटक–पटक एउटै कानुन व्यवसायीले मुद्दा हेर्न नमिल्ने व्यवस्था रहेछ। त्यसैले आज सुनुवाइ भएन,’ उनले सुनाए, ‘आज फाइल पनि तल आएको रहेनछ। आएपछि केहिबेरमा तारिख वा पेसी दिएर ३ महिना पछि बोलाउँछ रे।’

ललितपुरको पाटनबाट उनी १० बजे सर्वोच्च आइपुगेका थिए। ४ घण्टासम्म काम नबन्दा उनी थकित देखिन्थे। 

‘७७ जिल्लाबाट पीडितहरू आउँछन्। कति त तीन दिदन लगाएर पनि आउँछन्। तर काम बन्दैन। रोएर जान्छन्। न्याय नपाएपछि क्षतिपूर्ति कसले दिन्छ,’ दुर्गाभक्त दुखेसो गर्छन्।

दुर्गाभक्त छिमेकीले आफ्नो बाजेको जग्गा हडपेपछि अदालत धाउन थालेका रहेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विसं १९७६ सालतिर उनका बाजे पाटन छोडेर थानकोटमा बस्न गए। बाजेका पाँच दाजुभाइ। बाजेका अरु तीन दाजुभाइ बसाइँ सरेर कोही धुनीबेसी, कोही नुवाकोट त कोही गोरखा बस्न गए। बाजेका जेठा दाजु भने पाटनमै बसेका थिए। बसाइँ सरेर गएका कुनै दाजुभाइ फर्किएर पाटन आएनन्। पाटनमा थुप्रै जमिन थियो। त्यो जमिन जेठा बाजेले एक्लै बाली लगाउन सकेनन्। छिमेकीलाई जग्गा कमाउन दिए।

‘पहिला हिँडेर आवतजावत् गर्नुपथ्र्यो। त्यसकारण कोहि आएनन्। जेठा बाजेले हेरिरहनु भएको थियो। पछि एक्लै हेर्न सक्नुभएनछ। छिमेकीसँग मिलेर गुठीझैँ जग्गा भोगचलन गर्दै आएका रहेछन्,’ उनी सुनाउँछन्।

००० 

०३३ सालको कुरा हो, एकदिन दुर्गाभक्त धान निकाल्न ढुकुटीमा पसे। त्यसैबेला उनको खुट्टाले सानो कागजको टुक्रो कुल्चियो। कागजलाई टिपे। कागजमा के थियो, आफूले नपढी बाजेलाई देखाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘मैले बाजेलाई के हो भनेर कागज देखाएँ। बाजेले इमाडोल पाटनको जग्गाको नि? भन्नुभयो। अनि पो मलार्ई थाहा भयो हाम्रो पाटनको जग्गा कति छ। कसले खाइरहेको छ भन्ने,’ उनी सुनाउँछन्।

सो कागज पाटनमा भएको ४ रोपनी ४ आना भएको जग्गाको रसिद रहेछ।

त्यतिबेला दुर्गाभक्तले पुराना सिक्काहरू संकलन र बिक्री गर्ने काम सुरु गरेका थिए। पुरानो वस्तु संकलन गर्ने भएकाले खुट्टाले कुल्चेको कागजमा केही होला कि भन्ने खुल्दुली  लागेर बाजेलाई देखाएको उनी सुनाउँछन्।

‘म नेपालको वरिष्ठ क्वैन कलेक्टर पनि हो। त्यतिबेला छाउनीको म्युजियममा काम गर्थेँ। त्यही भएर पुराना–पुराना कुरा हेर्ने इच्छा लाग्थ्यो,’ उनी भन्छन्।  

त्यसपछि उनी आफ्नो बाजेको जग्गाको खोजी गर्दै पाटन पुगे। धेरै वर्षदेखि बाजेको जग्गा अरुले कमाइरहेका थिए। बाजेले ०३४ सालमा जग्गा मोहीलाई किन्न भनेका थिए। मोहीलाई ४ भागको १ भाग दिनुपर्ने चलन थियो। त्यो १ भाग बाहेकको जग्गा समेत मोहीलाई २ हजारमा खानू भने। तर मोहिले लिन मानेनन्।

मोहीले सबै जग्गा सित्तैमा लिनलाई भूमीसुधारमा निवेदन दिए। भूमिसुधारले जिल्ला अदालत पठायो। मोहिले मुद्दा हारे। तर उनले आफूले पाउने एक भाग जग्गाचाहिँ पाए। 

‘तर पनि मोहीले मालपोतमा पूरै जग्गा दाबी गर्न आए। त्यो पनि कागज भद्रगोल भयो। मोही चुप लागेर बसे। त्यसपछि पहिला जग्गा कमाउनेहरू दावी गर्नै आए,’ उनले भने। 

०५३ सालमा गोविन्दमान, शान्तलाल लगायतले आफूहरूले पाउने माग गर्दै जिल्ला अदालतमा मुद्दा हाले। जिल्ला अदालतले पनि गोविन्दमान, शान्तलाल लगायतको पक्षमा फैसला सुनायो। दुर्गाभक्तले ०५८ सालमा पुनरावेदनमा रिट दर्ता गराए। फेरि पुनरावेदनले जिल्ला अदालतले गरेको फैसला नमिलेको भन्दै सच्याउन पठायो।

‘हामी जिल्ला अदालत गयौँ। उनीहरू सर्वोच्चमा मुद्दा दर्ता गराउन गएछन्। त्यसपछि सर्वोच्चमा मिसिल बोलायो। त्यहाँ गएँ। फेरि पुनारावेदन पठायो। पुनरावेदनले जिल्ला अदालतमा बोलायो। यता र उता पठाएर दुःख दियो तर फैसला भएन,’ उनी सुनाउँछन्।

०५८ सालदेखि उनी कहिले तारिख, कहिले पेसी भन्दै सर्वोच्च धाइरहेका छन्। तर २७ वर्षसम्म पनि जग्गाको मुद्दा फैसला हुन नसक्दा हैरानी खेपिरहेको उनी बताउँछन्।

‘अहिले सर्वोच्चमा दोहोरो मुद्दा चलेको छ। हार्न पनि सक्छु, जित्न पनि। मेरो बाजेको जग्गा भएकाले जित्नपर्ने हो तर नेपालको कानुन बुझ्न गाह्रो छ,’ उनी सुनाउँछन्।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ११:५४
  • #law
  • #suprem court

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्