काठमाडौं– उत्तरी इराकमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का एक वरिष्ठ सदस्यलाई टर्कीको जासुसी एजेन्सीले सीमापार अपरेशनका क्रममा आक्रमण गरी हत्या गरेको छ।
बुधबार इराकको टिआरसी प्रशारकले यसबारेमा जानकारी गराएको हो। पीकेकेलाई संयुक्त राज्य अमेरिका र युरोपेली संघले आतंकवादी संगठनको सूचिमा राखेको थियो।
उनीहरुले तीन दशकभन्दा बढी समय टर्कीविरुद्ध विद्रोह गरेका थिए। टिआरटीले पीकेकेका सदस्य बेकिर किना, कोडनाम बाबर बोटानले इराकको सुलेमिनिया प्रान्तमा टर्कीका सैनिकबिरुद्ध हत्याका लागि तालिम दिइरहेको बताइएको छ।
उनले टर्कीमा आक्रमण गर्ने योजना बनाइएको बताइएको छ। टर्कीको रक्षा मन्त्रालयका अनुसार उनीसँगै अन्य ६ जना विद्रोहीको पनि मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।