काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको छ।
भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गरेको हो। काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १९ रुपैयाँ भाडा कायम गरिएको छ। यसअघि १८ रुपैया रहेका थियो।
त्यस्तै १० किलोमिटरसम्म २६ रुपैयाँ १५ किलोमिटरसम्म ३१ रुपैयाँ २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ नयाँ भाडादर कायम गरिएको छ।
बागमती प्रदेशले ट्याक्सी भाडा पनि बढाएको छ। चढ्नेबित्तिकै (फ्ल्याग डाउन) भाडा ५२ रुपैयाँ कायम गरिएको छ। त्यसपछि प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेश सरकारको निर्णयमा उल्लेख छ।
त्यस्तै प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ।
काठमाडौं–नारायणगढको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ। यसअघि ४२१ रुपैया थियो। १४६ किलोमिटर दुरीको काठमाडौं–नारायणगढमा १२ रुपैया वृद्धि भएको छ। यसअघि ४२१ रुपैयाँ भाडा थियो।
काठमाडौं–नारायणगढ–हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ कायम गरिएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ।
नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।