लण्डन- विश्व फुटबल महासंघ (फिफा) ले दिने यस वर्षको उत्कृष्ट खेलाडीको सूचीबाट मेसी बाहिरिएका छन्। विश्व पुरुष खेलाडी वर्ष अवार्डका लागि गरिएको तीन खेलाडीको मनोनयनमा मेसी परेनन्।
क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पूर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सलाहको नाम मनोनयनमा परेको हो। रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए।
११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका मेसी यसपालि भने आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।